Online Nepal
  • शनिबार, ५ जेष्ठ २०८१
  • आन्दोलनरत विद्यालय कर्मचारीले थाले रिले अनसन

    आन्दोलनरत विद्यालय कर्मचारीले थाले रिले अनसन

    अनलाइन नेपाल
  • मंगलबार, ३० जेष्ठ २०८०
  • 570
    SHARES

    काठमाडौं। विद्यालय कर्मचारीले रिले अनसन थालेका छन्। सेवा सुरक्षा ग्यारेन्टीसहितका माग अघि सारेर आन्दोलन गर्दै आएका सामुदायिक विद्यालयमा कार्यरत कर्मचारीहरूले रिले अनसन थालेका हुन्।

    जेठ २० गतेदेखि आन्दोलन गर्दै आएका उनीहरू यति बेला राजधानी केन्द्रित आन्दोलनमा छन्। सरकारले आफ्ना मागहरू सुनुवाइ गर्न आनाकानी गरेको भन्दै असार १ गतेसम्म रिले अनसन जारी राखिने नेपाल विद्यालय कर्मचारी परिषद्ले जनाएको छ ।



    रिले अनसनपछि पनि सरकारले माग सुनुवाइ नगरेको खण्डमा विद्यालय बन्द गर्ने परिषद्ले चेतावनी दिएको छ । आन्दोलनका कार्यक्रम अन्तरगत जेठ २० गतेदेखि २६ गतेसम्म विद्यालयको ताला चाबी बुझाई सम्पूर्ण विद्यालय कर्मचारीहरू सम्बन्धित जिल्ला शिक्षा समन्वय इकाईमा धर्ना दिएका थिए।



    अहिले काठमाडौं केन्द्रित भएर भद्रकालीमा रिले अनसन थालेका हुन्। सरकारले आगामी आर्थिक वर्षको लागि बजेट भाषणमा आफ्ना मागहरू सम्बोधन नगरेको भन्दै विद्यालय कर्मचारीहरू आन्दोलित छन्।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार