Online Nepal
  • बिहिबार, ३ जेष्ठ २०८१
  • असार १ गतेदेखि विद्यालय बन्द गर्ने विद्यालय कर्मचारी परिषद्को चेतावनी

    असार १ गतेदेखि विद्यालय बन्द गर्ने विद्यालय कर्मचारी परिषद्को चेतावनी

    अनलाइन नेपाल
  • आइतबार, २८ जेष्ठ २०८०
  • 867
    SHARES

    काठमाडौं। आगामी आर्थिक वर्षको बजेटबाट आफूहरुको माग सम्बोधन नभएको भन्दै सामुदायिक विद्यालयका शिक्षकलगायत कर्मचारीहरुले काठमाडौंमा विरोध प्रदर्शन गरेका छन् ।

    नेपाल विद्यालय कर्मचारी परिषद्को अगुवाइमा आइतबार नयाँ बानेश्वरदेखि माइतीघर मण्डलसम्म थाल ठटाएर उनीहरु प्रदर्शनमा उत्रिएका हुन् ।



    बजेटमार्फत शिक्षा क्षेत्रका समस्या समाधान गर्नुपर्ने, विद्यालय कर्मचारीको तलबमान कायम गर्नुपर्ने आफूहरुको मागमा बजेटले कुनै सम्बोधन नगरेकाले प्रदर्शन गर्नुपरेको उनीहरुको भनाइ छ ।



    त्यस्तै, उनीहरुले पम्प्लेटमा संघीय शक्षा ऐन जारी गर, नि: शुल्क शिक्षा लागू गर, बुँदा नम्‍मर १२७ लागू गर, सर्वोच्चको फैसला कार्यान्वयन गर नारा लगाएका थिए ।

    कर्मचारी परिषद्ले आजका दिनसम्म शान्तिपूर्ण आन्दोलन गरेपनि जेठ २९ गतेबाट काठमाडौंमा रिले अनसन बस्ने पनि चेतावनी दिए । साथै असार १ गतेसम्म पनि माग पूरा नभए अनिश्चितकालका लागि सामुदायिक विद्यालय बन्द गर्ने चेतावनी समेत दिएका छन् ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार