Online Nepal
  • शुक्रबार, २१ बैशाख २०८१
  • मिटरब्याज विरूद्धको कानुन पारित गर्न माग गर्दै पीडितको माइतीघरमा प्रदर्शन

    मिटरब्याज विरूद्धको कानुन पारित गर्न माग गर्दै पीडितको माइतीघरमा प्रदर्शन

    अनलाइन नेपाल
  • आइतबार, २४ असार २०८०
  • 876
    SHARES

    फाइल तस्विर

    काठमाडौं । मिटरब्याज विरूद्धको कानुन यथासिघ्र पारित गर्न माग गर्दै मिटर ब्याज पीडितहरु आन्दोलित भएका छन् ।

    देशका विभिन्न ठाउँबाट आएका पीडितहरूले माइतीघर मण्डलादेखि नयाँ बानेश्वरसम्म प्रदर्शन गरेका हुन् ।



    सरकारले २० वैशाखमा मिटरब्याज पीडितको समस्या समाधानका लागि ल्याएको मुलुकी संहितासम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्ने अध्यादेश २०८० ल्याएको थियो ।



    अध्यादेशको प्रतिस्थापन विधेयक संविधान अनुसार ६० दिनभित्र संसदबाट पारित नहुने भएका कारण निष्क्रिय भएको छ । राष्ट्रियसभाले १५ असारमा पारित गरेर प्रतिनिधिसभामा पठाएको अध्यादेशको प्रतिस्थापन विधेयक प्रतिनिधिसभाले गत बुधबारसम्म पारित गरेर राष्ट्रियसभामा पठाउनुपर्ने थियो ।

    तर, प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले केही दिनअघि दिएको विवादित अभिव्यक्तिको विषयलाई लिएर नेकपा एमालेले प्रतिनिधिसभा र राष्ट्रियसभा अवरुद्ध गरिरहेको छ । जसका कारण त्यो अध्यादेश निष्क्रिय भएको हो ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार