Online Nepal
  • बिहिबार, ३ जेष्ठ २०८१
  • बालुवाटारबाट मिटरब्याज पीडितको वार्ता टोली संयोजकसहित १३ जना पक्राउ

    बालुवाटारबाट मिटरब्याज पीडितको वार्ता टोली संयोजकसहित १३ जना पक्राउ

    अनलाइन नेपाल
  • बुधबार, २३ फाल्गुन २०८०
  • 981
    SHARES

    काठमाडौं । बालुवाटारबाट प्रहरीले मिटरब्याज तथा ठगीविरुद्ध किसान मजदुर संघर्ष समितिका अध्यक्ष अवधेश कुशवाहसहित १३ जनालाई पक्राउ गरेको छ ।

    बालुवाटार क्षेत्रमा प्रदर्शन गरेको आरोपमा संघर्ष समितिका अध्यक्ष कुशवाहसहित १३ जनालाई प्रहरीले पक्राउ गरेको हो ।



    उनी मिटरब्याज पीडितको तर्फबाट वार्ता गर्न बनाइएको टोलीको संयोजक हुन् ।



    बालुवाटर वरपर प्रदर्शन गर्ने ४ महिला र ९ जना पुरुषलाई नियन्त्रणमा लिइएको जिल्ला प्रहरी परिसर काठमाडौंले जनाएको छ ।

    मिटरब्याज पीडितले अध्यक्ष कुशवाहको नेतृत्वमा सरकारी वार्ता टोलीसँग वार्ता गरिरहेको थियो ।

    तर, हालसम्म पटकपटक भएको वार्ता विना निष्कर्ष टुंगिएको थियो ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार