Online Nepal
  • बुधबार, २ जेष्ठ २०८१
  • सरकार र मिटरब्याज पीडितबीचको वार्ता सकारात्मक दिशातर्फ अग्रसर

    सरकार र मिटरब्याज पीडितबीचको वार्ता सकारात्मक दिशातर्फ अग्रसर

    अनलाइन नेपाल
  • शुक्रबार, १८ फाल्गुन २०८०
  • 639
    SHARES

    फाइल तस्विर

    काठमाडौँ । सरकार र मिटरब्याजपीडितबीचको वार्ता सकारात्मक दिशातर्फ अग्रसर भएको छ । आज साँझ भएको वार्ता सकारात्मक रहेको र भोलि पुनः छलफल गर्नेगरी टुङ्गिएको हो ।

    “समस्याको समाधान गर्ने भनेर राज्य लागिरहेकाले समीक्षा गरेर अघि बढौँ, संरचना निर्माण गर्ने भए पनि निर्माण गरौँ भन्ने प्रस्ताव सरकारी टोलीबाट आएको छ,” पीडित समूहका वार्ताटोली संयोजक अवधेश कुशवाहले भने ।



    मिटरब्याजपीडित सङ्घर्ष समितिका संयोजक नृग नविनले आजको चौथो चरणको वार्ता सकारात्मक रहेको बताए । उनले अबको वार्ताबाट निष्कर्ष निस्कने विश्वास व्यक्त गरे ।



    सङ्घर्ष समितिले कुशवहाको संयोजकत्वमा वार्ता टोली गठन गरेको छ भने सरकारका तर्फबाट गृहमन्त्रालयका सहसचिव रुद्रप्रसाद पण्डितको नेतृत्वमा वार्ता समिति बनाएको छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार