Online Nepal
  • बुधबार, २ जेष्ठ २०८१
  • मिटरब्याज पीडितको समस्या समाधान गर्न समिति बनाउने सरकारको निर्णय

    मिटरब्याज पीडितको समस्या समाधान गर्न समिति बनाउने सरकारको निर्णय

    अनलाइन नेपाल
  • बिहिबार, ८ चैत्र २०८०
  • 363
    SHARES

    काठमाडौं। सरकारले मिटरब्याज पीडितको समस्या समाधान गर्न समिति बनाउने निर्णय गरेको छ ।

    मन्त्रिपरिषद्को बिहीबार बसेको बैठकले समितिको कार्यविधि बनाएर समिति बनाउने निर्णय गरेको हो ।



    मिटरब्याज पीडितको समस्या समाधान गर्न समिति बनाउने निर्णय भएको स्रोतले बतायो।



    समितिको कार्यविधि बनाएपछि समिति गठन हुनेछ ।फागुन २९ मा सरकार र मिटरब्याज पीडितबीच समस्या समाधान गर्न चार बुँदे सहमति भएको थियो ।

    सहमतिमा आयोग गठन गर्ने भनिए पनि समिति बनाएर समस्या हल गर्ने निर्णय गरिएको हो । काँकडभिट्टा र कञ्चनपुरको गड्डाचौकीबाट माघ १६ बाट पैदल आएर एक हजारभन्दा बढी मिटरब्याजपीडित आन्दोलनरत थिए ।

    सहमतिमा ‘जाँचबुझ आयोग ऐन, २०२६’ बमोजिम तीन महिनाभित्रमा सरकारसमक्ष प्रतिवेदन पेस गर्ने गरी तीन सदस्यीय आयोग गठन गर्ने सहमति भएको थियो ।

    यसअघिको आयोगले प्रहरीमा पठाइएका र आयोग गठन भएपछि निवेदकबाट प्राप्त हुने नयाा उजुरीमाथि पुनः जाँचबुझ गर्ने सहमति भएको थियो ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार