Online Nepal
  • मंगलबार, १ जेष्ठ २०८१
  • सरकार र मिटरब्याज पीडितबीच चार बुँदे सहमति, आन्दोलन स्थगित

    सरकार र मिटरब्याज पीडितबीच चार बुँदे सहमति, आन्दोलन स्थगित

    अनलाइन नेपाल
  • सोमबार, २८ फाल्गुन २०८०
  • 840
    SHARES

    काठमाडौं । सरकार र आन्दोलनरत मिटरब्याज पीडितबीच सहमति भएको छ ।

    सोमबार गृह मन्त्रालयमा भएको वार्ताबाट दुई पक्षबीच चार बुँदे सहमति भएको हो । योसँगै मिटरब्याज पीडितले ४२ दिनदेखि गरिरहेको आन्दोलन स्थगित हुने भएको छ ।



    उपप्रधानमन्त्री एवं गृहमन्त्री रवि लामिछानेले मिटरब्याज पीडितलाई आइतबार सिंहदरबारमा बोलाएर आफैंले उनीहरुको कुरा सुनेका थिए ।



    मिटरब्याजपीडितहरु अधिकार सम्पन्न आयोग गठन, फर्जी लिखत, तमसुक, दृष्टिबन्धक लगायतलाई अवैध घोषणा गर्नुपर्ने, साहूले जफत गरेका सम्पूर्ण सम्पत्ति फिर्ता गर्नुपर्ने लगायतका माग राख्दै २३ दिन हिँडेर काठमाडौं आइपुगेका थिए ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार