Online Nepal
  • शुक्रबार, २१ बैशाख २०८१
  • कालीमाटी तरकारी बजारमा कृषिमन्त्रीको राजीनामा माग्दै किसानहरु आन्दोलित

    कालीमाटी तरकारी बजारमा कृषिमन्त्रीको राजीनामा माग्दै किसानहरु आन्दोलित

    अनलाइन नेपाल
  • सोमबार, ८ साउन २०८०
  • 624
    SHARES

    काठमाडौं । कालिमाटी तरकारी बजारमा सोमबार ९ वटा किसान संघसंगठनसँग आवद्ध राष्ट्रिय किसान सञ्जालले प्रदर्शन गरेका छन् ।

    तरकारी बजारका सटर पुनः भाडामा दिने सम्झौता खारेजीको माग राख्दै किसानहरु आन्दोलित भएका हुन् ।



    उनीहरुले कृषिमन्त्री वेदुराम भुसालको राजीनामा माग गर्दै कालिमाटी र बालाजु तरकारी बजारको भाडा सम्झौता खारेज गर्न माग गरेका छन् ।



    तरकारी बजारका सटर र स्टलहरु खुल्ला प्रतिस्पर्धाका अधारमा भाडामा लगाउनुपर्ने, विना प्रतिस्पर्धा भाडामा दिन सम्झौता खारेज गर्नुपर्ने, ५० प्रतिशत सटर र स्टलहरु उत्पादक किसानलाई छुट्याउनुपर्ने लगायतका उनीहरुको माग छ ।

    कृषिमन्त्री भुसालको सहमतिमा कालीमाटी बजार समिति बोर्डले मंगलबार पुनः सम्झौताको निर्णय गरेको थियो ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार