Online Nepal
  • शुक्रबार, २१ बैशाख २०८१
  • साना व्यापारीलाई दुःख दिएको भन्दै महानगर अगाडी बालेन शाहविरुद्ध प्रदर्शन

    साना व्यापारीलाई दुःख दिएको भन्दै महानगर अगाडी बालेन शाहविरुद्ध प्रदर्शन

    अनलाइन नेपाल
  • बुधबार, २७ असार २०८०
  • 726
    SHARES

    काठमाडौं । ठेलागाडालगायत साना व्यापारीलाई अनावश्यक दुःख दिएको भन्दै काठमाडौं महानगरपालिका अगाडी प्रदर्शन गरिएको छ ।

    सडक व्यापारीहरुको उचित व्यवस्थापनको माग गर्दै ‘इनफ इज इनफ’ले मेयर बालेन्द्र शाहविरुद्ध प्रदर्शन गरेका हुन् ।



    बुधबार विभिन्न ब्यानर र प्याम्पलेट लिएर एक दर्जन जति स्वतन्त्र युवाहरुले महानगर गेटअगाडि उभिएर प्रदर्शन गरेका थिए ।



    उनीहरुको महानगरमा जीविकोपार्जन गर्न थोरै आय स्रोतका लागि साना व्यापार गर्नेमाथि भएको ज्यादतीविरुद्ध प्रदर्शन गरिएको भन्दै तत्काल व्यवस्थापन गर्नुपर्ने बताएका छन् ।

    सो प्रदर्शनमा जवाफदेहीता, नगरप्रहरीको ज्याजती, गैरकानुनी कदम तथा ठेलागाढा, साना सडक व्यापारीहरुको उचित व्यवस्थापनको माग गरेका छन् ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार