Online Nepal
  • शनिबार, १९ जेष्ठ २०८१
  • यसरी प्रकाउ परे खुकुरी प्रहार गरी दाइको हत्या गर्ने सुरज

    यसरी प्रकाउ परे खुकुरी प्रहार गरी दाइको हत्या गर्ने सुरज

    अनलाइन नेपाल
  • मंगलबार, ३० जेष्ठ २०८०
  • 1.6K
    SHARES

    काठमाडौं । खुकुरी प्रहार गरी दाइको हत्या गरेका आरोपमा प्रहरीले एक जनालाई पक्राउ गरेको छ ।

    काठमाडौं महानगरपालिका-२३का ४५ वर्षीय सूर्य शाक्यको हत्या गरेको आरोपमा उनका भाई २५ वर्षीय सुरज शाक्य पक्राउ परेका हुन् ।



    दाइ र भाइबीच झगडा भएपछि दाइको टाउकोमा खुकुरी प्रहार गरी भागेका सुरजलाई काठमाडौं महानगरपालिका वडा नम्बर २५ बाङ्गेमुढाको सिघलमा लुकिछिपी बसेको अवस्थामा आज बिहान पौने १० बजे पक्राउ गरिएको जनसेवा प्रहरी प्रमुख डिएसपी भेषराज रिजालले बताए ।



    मदिरा सेवन गरी घर आएका दाइ सूर्यले आमालाई गालीगलौज गर्न थालेपछि भाइ सुरज शाक्यले धारिलो हतियार प्रहार गर्दा रातको करिब १२ बजे दाइको मृत्यु भएको प्रहरीले जनाएको छ ।

    घटनाबारे परिवारका सदस्यहरूलाई राती नै थाहा भएपनि प्रहरीलाई भने बिहान मात्रै जानकारी आएको डीएसपी रिजालले बताए । उनीमाथि थप अनुसन्धान भइरहेको र शवलाई पोष्टमार्टमका लागि त्रिवि शिक्षण अस्पताल महाराजगञ्जमा पठाइएको प्रहरीले जनाएको छ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार