Online Nepal
  • शनिबार, ५ जेष्ठ २०८१
  • किशोर र नाबालकलाई अभद्र व्यवहार गरेको अभियोगमा ३ जना पक्राउ

    किशोर र नाबालकलाई अभद्र व्यवहार गरेको अभियोगमा ३ जना पक्राउ

    अनलाइन नेपाल
  • मंगलबार, ८ चैत्र २०७८
  • 1.1K
    SHARES

    काठमाडौं। काठमाडौं महानगरपालिका-२० कोहिटीस्थित बस्ने १८ वर्षीय किशोर र एक जना नाबालकलाई अभद्र व्यवहार (सार्वजनिक स्थानमा हातपात) गरेको अभियोगमा ३ जनालाई प्रहरीले पक्राउ गरेको छ ।

    पक्राउ पर्नेहरुमा काठमाडौं महानगरपालिका-२१ लगन घर भएका ३० वर्षीय अनिज नेपाली, सोही ठाउँ बस्ने ३० वर्षीय सुमन नेपाली र १६ वर्षीय किशोर रहेका छन् ।



    होलीमा भएको विवादलाई पुनराबृत्ति गरी भोटेवहाल बस्ने केही व्यक्तिहरुले अभद्र व्यवहार गरेको सूचना प्राप्त हुनासाथै महानगरीय प्रहरी कन्ट्रोल कक्ष र क्विक रेस्पोन्स टिमबाट खटिएको प्रहरीले पीडितहरुलाई उद्दार गरी उपचारको लागि राष्ट्रिय ट्रमा सेन्टरमा पठाएको थियो ।



    घटनामा संलग्न रही फरार रहेका उनीहरूलाई महानगरीय प्रहरी वृत्त जनसेवाबाट खटिएको प्रहरीले पक्राउ गरेको हो ।

    उनीहरू उपर अभद्र व्यवहार गर्न नहुने कसूरमा जिल्ला प्रशासन कार्यालय काठमाडौंबाट ५ दिन म्याद अनुमति लिई महानगरीय प्रहरी वृत्त जनसेवाबाट आवश्यक अनुसन्धान भइरहेको छ ।

     

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार