Online Nepal
  • सोमबार, ७ जेष्ठ २०८१
  • जग्गा र जमिन खण्डीकरण गर्ने भन्दै २ करोड ५६ लाख लिएर फरार महिला पक्राउ

    जग्गा र जमिन खण्डीकरण गर्ने भन्दै २ करोड ५६ लाख लिएर फरार महिला पक्राउ

    अनलाइन नेपाल
  • मंगलबार, ८ चैत्र २०७८
  • 1.5K
    SHARES

    काठमाडौं । ठगी तथा आपराधिक बिश्वासघात कसूरमा संलग्न रहेको अभियोगमा काठमाडौं महानगरपालिका-१६ घर भएकी ५४ वर्षीया बिमला श्रेष्ठलाई प्रहरीले पक्राउ गरेको छ ।
    पीडितको नवलपरासी जिल्लास्थित जग्गा र जमिन खण्डीकरण र बिक्री गरी सो बापत प्राप्त प्रतिफल बाडफाँड गर्ने लगायतको झुक्यानमा पारी जग्गा लिई पीडितलाई

    दिनुपर्ने नगद २ करोड ५६ लाख रूपैयाँ नदिई फरार रहेकी उनलाई महानगरीय प्रहरी परिसर काठमाडौंबाट खटिएको प्रहरीले काठमाडौं महानगरपालिका-१६ बालाजुबाट पक्राउ गरेको हो ।



    उनलाई आवश्यक अनुसन्धान तथा कारबाहीको लागि जिल्ला प्रहरी कार्यालय नवलपरासी पठाइएको उक्त परिसरले जनाएको छ ।



    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार