Online Nepal
  • शुक्रबार, २१ बैशाख २०८१
  • विमानस्थलको भीआईपी कक्षबाटै भागे अभियुक्त, मुस्लिम आयोगका अध्यक्षले भगाएको आरोप

    विमानस्थलको भीआईपी कक्षबाटै भागे अभियुक्त, मुस्लिम आयोगका अध्यक्षले भगाएको आरोप

    अनलाइन नेपाल
  • शनिबार, १८ भाद्र २०७९
  • 1.9K
    SHARES

    काठमाडौं । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको भीआईपी कक्षबाटै ठगी आरोपमा एक अभियुक्त फरार भएका छन् । संयुक्त अरब इमिरेट्स (दुबई) बाट त्रिभुवन विमानस्थलमा अवतरण गरेका सुनसरीका ३० वर्षीय रिजवान आलम शुक्रबार भीआईपी कक्षबाटै फरार भएका हुन् ।

    ठगीको कसुरमा प्रहरीको फरार सूची एवं अध्यागमनको कालोसूचीमा परेका आलम भीआईपी कक्षबाट भागेको विमानस्थल कार्यालयले जनाएको छ । दुबईबाट फर्किएका रिजवान आलम मुस्लिम आयोगका अध्यक्ष समिम मियाँ अन्सारीसँगै भीआईपी कक्षमा छिरेका थिए ।



    उनी आयोगका अध्यक्ष अन्सारीसँगै दुबईबाट स्वदेश फर्किएका थिए । अन्सारीले भीआईपी कक्ष प्रयोग गरे । उनीसँगै आएका आलम पनि भीआईपी कक्षतर्फ लागे । तर, आलमको राहदानी कालोसूचीमा परेको भेटिएपछि अध्यागमनले प्रहरीलाई खबर गरेको थियो ।



    सुरक्षाकर्मीले नियन्त्रण लिन नपाउँदै भीआईपी कक्षको ढोकाबाटै भागेर उनी सम्पर्कविहीन भएका हुन् । मुस्लिम आयोगका अध्यक्ष अन्सारीमाथि अन्तर्राष्ट्रिय विमानस्थलको भिआइपी कक्ष दुरुपयोग गरेर ठगी मुद्दाका फरार अभियुक्तलाई भगाएको आरोप लागेको छ ।

    अध्यागमन कार्यालयले रिजवानको ०६३२४१२२ नम्बरको पासपोर्ट चेक गर्दा उनी ‘कालोसूची’मा रहेको खुलेपछि उपस्थित गराइदिन भिआइपी कक्षलाई आग्रह गरेको थियो । तर, पासपोर्टमा ‘अराइभल’ छाप नलाग्दै अध्यक्ष अन्सारीले उनलाई आफ्नै गाडीमा राखेर विमानस्थलबाट भगाएको आरोप छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार