Online Nepal
  • शुक्रबार, २१ बैशाख २०८१
  • सुरक्षाकर्मी देखेपछि २०४ किलो गाँजा फालेर कारोबारी फरार

    सुरक्षाकर्मी देखेपछि २०४ किलो गाँजा फालेर कारोबारी फरार

    अनलाइन नेपाल
  • सोमबार, १३ भाद्र २०७९
  • 1K
    SHARES

    रौतहट । रौतहटमा सुरक्षाकर्मीलाई देखेपछि गाँजा कारोबारी भागेका छन् ।

    जिल्लाको गौर नगरपालिका–२ स्थित बकैया खोला किनारमा प्रहरीले लखेटेपछि गाँजा तस्करले गाँजा फालेर भागेका हुन् ।



    भारततर्फ लैजाँदै गरेको अवस्थामा गाँजा कारोबारीले फालेको २ सय ४ किलो गाँजा प्रहरीले बरामद गरेको छ ।



    अस्थायी प्रहरी पोष्ट महादेवपट्टि र सशस्त्र प्रहरीको बेस क्याम्प गौरबाट खटिएको टोलीले गाँजा बरामद गरेको जिल्ला प्रहरी कार्यालय रौतहटले जनाएको छ ।

    सोमबार बिहान गस्तीमा गएको प्रहरीलाई देख्नासाथ गाँजा कारोबारीहरु १७ वटा प्लाष्टिकको पोकामा लाँदै गरेको गाँजा फालेर भागेका थिए ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार