Online Nepal
  • आइतबार, १६ बैशाख २०८१
  • सस्तोमा जग्गा मिलाइदिन्छु भन्दै ३२ लाख लिएर फरार, चारजना पक्राउ

    सस्तोमा जग्गा मिलाइदिन्छु भन्दै ३२ लाख लिएर फरार, चारजना पक्राउ

    अनलाइन नेपाल
  • शुक्रबार, १ बैशाख २०८०
  • 768
    SHARES

    झापा । झापाको अर्जुनधारास्थित नयाँ बसपार्कमा सस्तो मूल्यमा जग्गा मिलाइदिने भन्दै ३२ लाख रुपैयाँ लिएर भागेका चारजना पक्राउ परेका छन् ।

    पक्राउ पर्नेहरूमा रामेछापको देउराली गाउँपालिका–२ घर भई भक्तपुर बस्ने ३९ वर्षीय राजेश श्रेष्ठ, पाँचथरकझ मिक्लाजुङ गाउँपालिका–४ घर भइ काठमाडौं गुर्जुधारा बस्ने ५२ वर्षीय जनक रेग्मी, मोरङको बेलबारी नगरपालिका–६ घर भइ झापाको मेचीनगर नगरपालिका–६ बस्ने ५५ वर्षीय रणबहादुर पोखरेल र झापाको कमल गाउँपालिका–५ का ५२ वर्षीय विजय राई रहेका छन् ।



    जिल्ला प्रहरी कार्यालय झापाका अनुसार अर्जुनधारा नगरपालिका-११ स्थित नयाँ बसपार्क नजिकै दुई कट्ठा जग्गा सस्तो दरमा बिक्रीमा भइरहेको र खरिद गर्न आउनु भनी विजयले मोरङ जिल्ला उर्लाबारी नगरपालिका-४ बस्ने विष्णुमाया सापकोटा सुबेदी र अनिल विश्वकर्मालाई चैत ३० गते दिउँसो १ बजेको समयमा बोलाएका थिए।



    तर, विजयले जग्गा खरिदबिक्री गर्ने कुनै बैना कागजात नबनाई विष्णुमायाले लिएर आएको ३२ लाख रुपैयाँ लिएर त्यहाँबाट फरार भएका थिए । आफ्नो रकम लुटिएको भन्दै पीडितले तत्काल इलाका प्रहरी कार्यालय बिर्तामोडमा उजुरी दिए । प्रहरीमा उजुरी परेसँगै लुटिएको रकमसहित दुई जना इलामबाट पक्राउ गरिएको छ ।

    झापा प्रहरीले जिल्ला प्रहरी कार्यालय इलामसँग सहकार्य गरी इलाम नगरपालिका-७ पुरानो बसपार्कस्थित देउराली होटेलमा लुकीछिपी बसेको अवस्थामा राजेश र जनकलाई प्रहरीले १४ लाख ६५ हजार नगदसहित पक्राउ गरिएको प्रहरीले जनाएको छ ।

    यस्तै सोही घटनामा संलग्न रहेका विजय र रणबहादुरलाई इलाका प्रहरी कार्यालय बिर्तामोडबाट खटिएको प्रहरी टोलीले अर्जुनधारा-११ स्थित थापा होटेल एन्ड लजमा लुकीछिपी बसेको अवस्थामा नगद १३ लाख रुपैयाँसहित पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ । उनीहरुमाथि प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार