Online Nepal
  • शुक्रबार, २१ बैशाख २०८१
  • बचतकर्ताको रकम लिएर गौतमश्री सहकारीका सञ्चालक फरार

    बचतकर्ताको रकम लिएर गौतमश्री सहकारीका सञ्चालक फरार

    अनलाइन नेपाल
  • आइतबार, १५ साउन २०७९
  • 1.7K
    SHARES

    काठमाडौं । बचतकर्ताहरुको रकम फिर्ता नगरी गौतमश्री सहकारी संस्थाका संञ्चालक फरार भएका छन् ।

    काठमाडौंको कुलेश्वरमा मुख्य कार्यालय रहेको सहकारीले झण्डै २५ सय सदस्यहरुको बचत रकम फिर्ता नगरी फरार भएको उजुरी सहकारी विभागमा परेको हो ।



    लामो समयदेखि बचतकर्ताहरुको बचत रकम फिर्ता गर्न नसकेर समस्यामा परेको सहकारीले गत शुक्रबार मुख्य कार्यालयमा नै ताल्चा लगाएर भागेपछि सदस्यहरु आन्दोलित भएका छन् ।



    फरार सहकारीलाई खोजेर बचत रकम फिर्ता गराइदिन भन्दै गौतमश्री सहकारीका करिब १५ सय बचतकर्ताहरु आइतबार विभागमा उजुरी दिन पुगेका छन् । शुक्रबार मुख्य कार्यालय नै बन्द गरेर फरार भएपछि कुलेश्वरस्थित गौतमश्री सहकारीमा एभरेष्ट बैंकले सूचना टाँस गरेर सिल गरेको छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार