Online Nepal
  • शुक्रबार, २८ बैशाख २०८१
  • चेक अनादर विगो मुद्दाका फरार लामा वालुवाटारबाट पक्राउ

    चेक अनादर विगो मुद्दाका फरार लामा वालुवाटारबाट पक्राउ

    अनलाइन नेपाल
  • बिहिबार, १६ असार २०७९
  • 1.1K
    SHARES

    काठमाडौं। काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयले चेक अनादर विगो मुद्दाका एकजना फरार अभियुक्तलाई पक्राउ गरेको छ ।

    पक्राउ पर्नेमा काभ्रेको चौरी देउराली गाउँपालिका -९ घर भई ललितपुरको पुल्चोक बस्‍ने ४९ वर्षीय नाम्गेल दोर्जे लामा रहेका छन् ।



    उनलाई अपराध अनुसन्धान कार्यालयको टोलीले वालुवाटाबाट पक्राउ गरेको हो ।



    काठमाडौं जिल्ला अदालतले २०७७ माघ २५ गते उनीविरुद्ध चेक अनादर विगो मुद्दामा १ करोड २० लाख र चेक जारी भएको मितिदेखि भरीभराउ मितिसम्‍म कानुन बमोजिम ब्‍याज दिने ठहर गरेकोमा उक्त विगो नभराइ फरार भएपछि २ वर्ष थुनामा राख्‍ने फैसला सुनाएको थियो ।

    पक्राउ परेका उनलाई काठमाडौं जिल्ला अदालतमा पठाइएको प्रहरीले जनाएको छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार