Online Nepal
  • शुक्रबार, २१ बैशाख २०८१
  • हतकडीसहित नदीमा हामफालेर भागेका चौधरी ७ घण्टापछि पक्राउ

    हतकडीसहित नदीमा हामफालेर भागेका चौधरी ७ घण्टापछि पक्राउ

    अनलाइन नेपाल
  • शुक्रबार, १० भाद्र २०७९
  • 1.1K
    SHARES

    फाइल फोटो

    कैलाली । कैलालीमा प्रहरीले पक्राउ गरेर ल्याउँदै गर्दा नदीमा हामफालेर हतकडीसहित फरार भएका अभियुक्तलाई पक्राउ गरेको छ ।

    जिल्ला प्रहरी कार्यालय कैलालीका अनुसार हतकडीसहित नदीमा हामफालेका २८ वर्षीय शंकर चौधरीलाई साँझ ७ः२५ बजे जोशीपुर ४ हसनापुर भन्ने स्थानबाट फेला पारी पक्राउ गरिएको हो ।



    शुक्रबार दिउँसो जोशीपुर गाउँपालिका ४ बाणीका चौधरीलाई प्रहरीले पक्राउ गरेर एउटा हातमा मात्रै हतकडी लगाएर प्रहरी कार्यालय लैजाने क्रममा नदीमा हामफालेका थिए ।



    उनी केराबारीमा लुकेको अवस्थामा पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय कैलालीका प्रवक्ता तथा प्रहरी नायव उपरीक्षक वेदप्रकाश जोशीले जानकारी दिए ।

    फरार चौधरीलाई खोज्न ईलाका प्रहरी कार्यालय जोशीपुर र ईलाका प्रहरी कार्यालय भजनीबाट प्रहरी निरीक्षकको कमाण्डमा टोली खटिएको थियो । प्रहरीले उनको घरमा समेत खानतलासी गरेको छ ।

    घरबाट ४७ किलो गाँजा बरामद गरेको डीएसपी जोशीले बताए । शंकरविरुद्ध उनका बुबा शम्भुले जाहेरी दिएका थिए । उनले कुटपिट गरेका बाबुको आरोप छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार