Online Nepal
  • शनिबार, ५ जेष्ठ २०८१
  • प्रहरीमाथि अभद्र व्यवहार गरेको अभियोगमा ४ जना पक्राउ

    प्रहरीमाथि अभद्र व्यवहार गरेको अभियोगमा ४ जना पक्राउ

    अनलाइन नेपाल
  • बिहिबार, २४ भाद्र २०७८
  • 2K
    SHARES

    फाइल फोटो

    काठमाडौं । ड्यूटीमा खटिएको प्रहरीमाथि अभद्र व्यवहार गरेको अभियोगमा ४ जनालाई प्रहरीले पक्राउ गरेको छ।

    कागेश्वरी मनोहरा नगरपालिका-९ सनसिटीस्थित होटलकी संचालिका कास्की पोखरा महानगरपालिका-७ एयरपोर्ट घर भएकी ४२ वर्षीया रुपा थापा मगर समेत ४ जनालाई बुधबार राति प्रहरीले पक्राउ गरेको हो ।



    उक्त ठाउँस्थित होटलमा हो-हल्ला भइरहेको भन्ने जानकारी प्राप्त हुनासाथ खटिएको प्रहरीले सम्झाई बुझाई गर्ने क्रममा होटलमा मादक पदार्थ सेवन गरी बसेका व्यक्तिहरुले प्रहरीलाई हातपात गरी अभद्र व्यवहार गरेपछि रुपा समेत ४ जनालाई प्रहरीले पक्राउ गरेको बताएको छ।



    घटनामा संलग्न हाल फरार कास्की वतन भएका २२ वर्षीय रविन थापा मगरको खोजी गर्नुका साथै यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार