Online Nepal
  • शनिबार, ५ जेष्ठ २०८१
  • वडा सचिवमाथि अभद्र व्यवहार गरेको आरोपमा ६ जना पक्राउ

    वडा सचिवमाथि अभद्र व्यवहार गरेको आरोपमा ६ जना पक्राउ

    अनलाइन नेपाल
  • शुक्रबार, १४ माघ २०७८
  • 1.1K
    SHARES

    दैलेख । दैलेखमा अभद्र व्यवहार कसुरमा ६ जना पक्राउ परेका छन् ।

    माघ १३ गते दुल्लु नगरपालिका–९ मा कार्यरत वडा सचिव रत्नाकुमारी गिरीसँगै सामाजिक परिचालक भगवती न्यौपानेलाई अभद्र व्यवहार गरेको आरोपमा ६ जनालाई प्रहरीले पक्राउ गरेको हो ।



    पक्राउ पर्नेमा दुल्लु नगरपालिका–९ बस्ने २५ वर्षीय नगेन्द्र भण्डारी सोही ठाउँ बस्ने २६ वर्षीय करीषकुमार भण्डारी, ५० वर्षीय कृष्ण भण्डारी, २५ वर्षीय ईश्वर भण्डारी, १९ वर्षीय हिमाल भण्डारी लगायत अन्य एकजना रहेको दैलेखका प्रहरी प्रमुख भुवनेश्वरप्रसाद शाहले जानकारी दिए ।



    वडा कार्यालयमा कामकाज गरिरहेको अवस्थामा वडा सचिव र सामाजिक परिचालकलाई अभद्र व्यवहार गरी मोसो दल्न खोज्ने ६ जनालाई पक्राउ गरिएको उनले बताए । पक्राउ परेकाहरू माथि थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार