Online Nepal
  • बिहिबार, १० जेष्ठ २०८१
  • नारायण कार्कीले दिए उत्तम कार्कीविरुद्ध प्रहरीमा जाहेरी

    नारायण कार्कीले दिए उत्तम कार्कीविरुद्ध प्रहरीमा जाहेरी

    अनलाइन नेपाल
  • सोमबार, ५ जेष्ठ २०७७
  • 2.3K
    SHARES

    काठमाडौं । वाग्मती प्रदेश जनस्वास्थ्य प्रयोगशालाका निर्देशक डा. नारायण कार्कीले काठमाडौं प्रहरी परिसरमा जाहेरी दिएका छन् ।

    डा. कार्कीले आफूमाथि दुर्व्यवहार गरेको आरोपमा काठमाडौं चन्द्रागिरिका उत्तम कार्कीविरुद्ध जाहेरी दिएका हुन् ।



    काठमाडौं प्रहरी प्रमुख एसएसपी श्यामलाल ज्ञवालीले अभद्र व्यवहार गर्ने युवकलाई नियन्त्रणमा लिइसकेको र पीडितका तर्फबाट सोमबार बिहान जाहेरी परेको बताए ।



    शुक्रबार बिहान हेटौंडाबाट काठमाडौं आउँदै गरेका डा. कार्कीलाई नागढुंगामा गाडी रोकेर ति युवाले दुव्र्यवहार गरेका थिए ।

    सवारी पास नबोकेको भन्दै डा. कार्कीलाई प्रहरीले रोकेको बेला
    ती युवकले डा. कार्कीको झोला खानतलासी गर्नुका साथै अनधिकृत रुपमा केरकार गरेका थिए ।

    केही बेरको भनाभन परेपछि डा. कार्की काठमाडौं नआई हेटौंडा फर्किएका थिए ।

    यद्यपी प्रहरीले भने हिजो (आइतबार) नै ती युवकलाई नियन्त्रणमा लिइसकेको छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार