काठमाडौं । प्रधानमन्त्री प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले मन्त्रिपरिषद् बैठक बोलाएका छन्।
बालुवाटार स्रोतका अनुसार प्रधानमन्त्री प्रचण्डले ४ बजेका लागि मन्त्रिपरिषदको नियमित बैठक बोलाएका हुन्।
आजको बैठकमा मन्त्रालयका नियमित प्रस्ताव र निर्णयसँगै केही प्रशासनिक निर्णय हुन सक्ने बताइएको छ ।
त्यस्तै आजको बैठकमा राजदुत नियुक्ति सम्बन्धी विषयले पनि प्रवेश पाउन सक्ने बुझिएको छ ।