Jun 05 2026 | २०८३, जेठ २२ गते

05 Jun 2026 | शुक्रवार, जेठ २२ गते २०८३

शुक्रवार, जेठ २२ गते २०८३
images
images

मेयर बालेनले भने - पढ्ने ठाउँमा ताला लगाएर दलको शैक्षिक सङ्गठनले अपराध गरे

काठमाडौं । काठमाडौं महानगरपालिकाले महानगरभित्रका दुई विद्यालयमा लगाएको ताला खोलेको छ।

महानगरपालिकाका मेयर बालेन्द्र साह (बालेन)को निर्देशनमा शिक्षा विभागले ती विद्यालयमा पुगेर ताला फुटाउँदै पठन पाठन सुचारु गराएको हो । मेयर बालेनले विद्यालयमा ताला लगाएर शैक्षिक संगठनको अपराध गरेको भन्दै आपत्ती जनाएका छन्।

मेयर बालेन भनेका छन्, 'पढ्ने ठाउँमा ताला लगाएर एक अमुक दलको शैक्षिक सङ्गठनले अपराध गरेको छ। चाहे सो विद्यालय सरकारी होस वा निजी,हामी विद्यालयमा राजनीति गर्ने कुरा कल्पना सम्म गर्न सक्दैनौ। त्यसैले हामीले महानगर भित्रका विद्यालयमा लगाएको ताला फोरेर नियमित शैक्षिक क्रियाकलाप अगाडि बढाएका छौं। यदि कुनै विद्यालयले नियमको पालना नगरे काठमाडौं महानगरपालिकालाई उजुरी गर्ने हो।'

पढ्ने ठाउँमा ताला लगाएर एक अमुक दलको शैक्षिक सङ्गठनले अपराध गरेको मेयर साहको भनाई छ। मेयर साहले आफू महानगरभरिका विद्यालयहरूको गुणस्तर सुधार गर्न निन्तर लागिपरेको बताए । पढ्ने ठाउँमा ताला लगाएर अमुक दलको शैक्षिक सङ्गठनले अपराध गरेको मेयर बालेनको भनाइ छ ।

अखिल क्रान्तिकारी नक्सालस्थित ग्यालेक्सी स्कुल, स्वयम्भुस्थित संस्कृत स्कुल, मालीगाउँस्थित वृहस्पति विद्या सदन र बुढानिलकण्ठस्थित भ्याली पब्लिक स्कुल, काष्ठमण्डप स्कुलमा तालाबन्दी गरेको थियो।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077