Jun 05 2026 | २०८३, जेठ २२ गते

05 Jun 2026 | शुक्रवार, जेठ २२ गते २०८३

शुक्रवार, जेठ २२ गते २०८३
images
images

देशको समृद्धिका लागि राजनीतिक अस्थिरता प्रमुख चुनौती बन्यो : शंकर पोखरेल

काठमाडौं । नेकपा एमालेका महासचिव शंकर पोखरेलले देशको विकास र समृद्धिका लागि राजनीतिक अस्थिरता गम्भीर चुनौती बनेको बताएका छन् ।

महासचिव पोखरेलले सामाजिक संजालमा स्टाटस लेख्दै अहिले देशमा राजनीतिक अस्थिरता गम्भीर चुनौती बनेको बताएका हुन् ।

महासचिव पोखरेलले स्थिरताका लागि मधेश प्रदेशको सरकारलाई विश्वासको मत दिएको बताए। मधेश प्रदेशका मुख्यमन्त्री सरोजकुमार यादवले विश्वासको मत लिएको भोलिपल्ट महासचिव पोखरेलले यस्तो प्रतिक्रिया दिएका हुन् ।

महासचिव पोखरेलले लेखेका छन्,'राजनीतिक अस्थिरताका विरुद्धमा नेकपा एमालेले मधेस प्रदेश सरकारलाई विश्वासको मत दिएर बाँकी प्रदेशलाई पनि अस्थिरतातर्फ जानबाट रोक्न अन्य दलहरुले पनि यस्तै रचनात्मक भूमिका खेल्ने अपेक्षा राखेको छ । यतिबेलाको मुलुकको विकास र समृद्धिका लागि राजनीतिमा अस्थिरता र अराजकता गम्भीर चुनौती बन्न पुगेको छ ।'

महासचिव पोखरेलले बाँकी प्रदेशलाई पनि अस्थिरतातर्फ जानबाट रोक्न आफ्नो पार्टीले विश्वासको मत दिएको उल्लेख गरे । साथै अन्य दलहरूले पनि यस्तै रचनात्मक भूमिका खेल्ने अपेक्षा राखिएको उनले लेखेका छन् ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077