Online Nepal
  • शुक्रबार, ४ जेष्ठ २०८१
  • मुक्तिनाथ बैंकको कर्तुत : ऋण चुक्ता गर्दा पनि धितो फिर्ता नगरी उल्टै व्यवसाय बन्द गराउँदै

    मुक्तिनाथ बैंकको कर्तुत : ऋण चुक्ता गर्दा पनि धितो फिर्ता नगरी उल्टै व्यवसाय बन्द गराउँदै

    यदुनाथ बञ्जारा
  • बुधबार, ३१ जेष्ठ २०८०
  • 8.1K
    SHARES

    यदुनाथ बञ्जारा/पोखरा । मुक्तिनाथ विकास बैंक पोखरा शाखाले आफ्नै ऋणीमाथि अन्याय गरेको रहस्य खुलेको छ । सुन धितो राखेर ऋण लिएका एक व्यक्तिले बैंकलाई बुझाउनुपर्ने सबै रकम चुक्ता गर्दा समेत मुक्तिनाथ विकास बैंक पोखरा शाखाले ऋणीको सुना फिर्ता नदिएको पीडितको भनाई छ ।

    सुन धितो राखेर बैंकबाट ऋण लिएका भिष्म रानाले बैंकले भने अनुसार साँवा र ब्याज तिरिसक्दा पनि सुन फिर्ता दिनु त परै जाओस्, आफ्नो व्यवसाय समेत बन्द गरएको बताएका छन् । ऋणी रानाले भने–‘मैले बैंकले भनेजति साँवा र ब्याज तिरिसके । तर, न त बैंकले मेरो सुन फिर्ता दियो न त मलाई काम गर्न नै दिएको छ । ऋण तिरिसक्दा पनि बैंकले आफ्नो व्यवसाय चलाउन नदिएको रानाले गुनासो गरे ।



    यस्तो छ ऋणी राना र बैंकबीच भएको घटनाक्रम
    पोखरा–१५ राम बजारका भिष्म रानाले २ वर्ष अघि मुक्तिनाथ विकास बैंक पोखराबाट १० तोला सुन राखेर ६ लाख रुपैयाँ ऋण लिएका थिए । कोरोनाको महामारी र लकडाउनका कारण व्यापारमा गिरावट आएपछि ऋणको व्याज तिर्न सकेनन् । बैंकले साँवा व्याज चुक्ता गरेर सुन निकाल्न पटक¥पटक ताकेता गर्यो ।



    मुक्तिनाथ विकास बैंकका खजाञ्ची राजु गिरीले ऋणि भिष्म रानालाई ७ लाख १५ हजार रुपैयाँ तिर्नु सुन रिलिज गरिदिन्छु भनेपछि रानाले तनहुँका साथी विजय रानासँग राजु गिरीको प्रस्ताव सुनाएर एकदिनलाई सापटी मागे । विजय राना आफै पैसा बोकेर भिष्म रानासँग मुक्तिनाथ विकास बैंकको कार्यालय नागढुंगा गए । खजाञ्ची राजु गिरीसँग छलफल भएपछि भिष्म र विजय मिलेर भिष्मको ऋण खातामा ७ लाख १५ हजार नगद जम्मा गरे । जब पैसा जम्मा भयो तब फेरियो बैंक कर्मचारीको बोली र व्यवहार ।

    रकम जम्मा गरिसकेपछि बैंकका खजाञ्ची गिरीले तपाईको पुरानो ऋण कारवाहीमा रहेको कारण सुन रिलिज गर्न नमिल्ने बताए । रकम जम्मा गरिसकेपछि आएको गिरीको त्यो उत्तरले भिष्म राना छाँगाबाट खसे झै भए । ऋण खोजेर सुन निकाल्न सापटी दिएका विजय राना किंकर्तव्यविमूढ भए । त्यसपछि शुरु भयो विवाद ।

    बैंकले सेवाग्राहीलाई दिनु पर्ने नगद जम्मा गरेको भौचर समेत नदिएको भन्दै रकम जम्मा गर्न गएका विजय र भिष्मले आफ्नो रकम जम्माको भौचर र ऋण चुक्ता भएको सुन पाउन माग गरे । बैंकले योजनाबद्ध ढंगले फस्ल्याङ फुस्लुङ पारेर सुन कर्जाको साँवा व्याज असुल गरेपछि धोका दिएको पीडितको गुनासो छ । सुन चाँदी कर्जा कक्षबाट सुरु भएको विवाद बैंकका रिजनल उपप्रबन्धक ऋषि ढकालको कक्षसम्म पुग्यो । विवादको क्रममा ऋषि ढकाललगायतका कर्मचारीले आफूमाथि हमला गरेको पीडित भिष्मले दावी गरेका छन्। रानाले भने–‘मलाई धक्का मुक्का दिनेदेखि मेरो मोबाइल खोस्ने दुस्प्रयास समेत गरियो ।’

    यस विषयमा बैंकका क्षेत्रीय उपप्रमुख ऋषि ढकालसँग प्रतिकृया लिंदा भिष्मले बैंकको व्यवसायिक ऋण नतिरेर धोका दिएको बताए । पुरानो ऋणमा रहेको अचल सम्पत्ति घर जग्गा धितो लिलामी प्रकृयामा गएको पनि ढकालले दावी गरेका थिए । नेपाल लक्ष ग्रुपको नाममा दिइएको व्यवसायिक लोन तिर्न नसकेपछि बैंकले जग्गा र व्यवसाय रोक्का राखी सम्पत्ति लिलामी कारवाहीमा लगेको बैंकका क्षेत्रीय प्रवन्धक शंकर केसीले बताए । बैंंकले नेपाल लक्ष ग्रुप नामको कम्पनीलाई केहि वर्ष अघि धितो लोन दिएको थियो ।

    उक्त लोन तिर्न नसकेपछि बैंकले पोखरा–१० वुद्धचोक र गगनगौंडा लेखनाथमा रहेको २ वटा हार्डवयर पसल र ३ वटा गोदाममा तालावन्दी गरेर लिलामी प्रकृयामा लगेको छ । व्यवसाय बन्द नगर्नुस् कमाएर ऋण तिर्छु भनेर अनुनय विनय गर्दा पनि बैंकले नसुनेको पीडित रानाले गुनासो गरे । व्यवसाय लोन समयमा तिर्न नसकेकै हो त्यस प्रकरणमा कारवाही अगाडि बढेकोमा आफूले अन्यथा नमानेको बताउँदै रानाले भने–‘व्यक्तिगत सुनचाँदी कर्जामा बैंकले लुटतन्त्र मच्चायो त्यसमा मेरो गंभिर असहमति र असन्तुष्टि रहेको छ । झुक्याएर मेरो सुन त खायो खायो साथीसँग लिएको सापटी पनि खायो । न रकम जम्मा गरेको भौचर दियो न त सुन नै फिर्ता दियो ।

    मुक्तिनाथ विकास बैंकले आफूमाथि दुव्र्यवहार गरेको भन्दै पीडित रानाले बैंकसँग आधिकारीक सूचना माग गरेका छन् । बैंकका ऋणि रानाले सुनचाँदी कर्जा चुक्ता गरी सुन निकाल्न गएका बेला ऋणको साँवा व्याज बुझाइसकेपछि बैंकको क्षेत्रीय कार्यालयका उपप्रबन्धक ऋषि ढकालको कार्यकक्षमा भएको दुव्र्यवहारको दृश्यको सिसि टिभी फुटेज माग गर्दै निवेदन दिएको बताएका छन्।

    रकम जम्मा भौचरको प्रमाणित प्रतिलिपि समेत माग गर्दै मुक्तिनाथ विकास बैंक पोखरा शाखा नागढुंगाका सूचना अधिकारीलाई सम्वोधन गरी निवेदन दिएको उनले बताएका छन् । सुरुमा निवेदन लिनै नमाने पछि कर्मचारी र ऋणीबीच विवाद भएको र प्रहरी आएपछि बैंकले निवेदन लिएको उनले बताए । यद्यपी बैंकले दर्ता नम्वर भने निवेदकलाई दिइएको छैन। सूचना माग निवेदनको वोधार्थ राष्ट्रिय सूचना आयोग काठमाडौं, नेपाल राष्ट्र बैंक पोखरा, जिल्ला प्रशासन कार्यालय कास्की र सूचनाको हकका लागि जिल्ला सञ्जाल कास्कीलाई बोधार्थ दिइएको उनले बताए ।

    निवेदकको सूचना मागको सम्वोधन कहिले हुन्छ त भन्ने हाम्रो जिज्ञाशामा बैंकका क्षेत्रीय प्रबन्धक शंकर केसी आफ्नो केन्द्रीय कार्यालय र राष्ट्रवैंकको निर्देशन बमोजिम हुने बताउँछन् । नागरिकले आफू स्वयम् पीडित भएको महसुस गरी सूचना माग गरेमा सूचना दिनुपर्ने सूचनाको हक सम्बन्धि ऐन २०६४ ले व्यवस्था गरेको छ । ऐनले प्रत्येक सार्वजनिक कार्यालयमा ऐनको दफा ६ वमोजिम सूचना अधिकारी तोक्नु पर्ने स्पष्ट व्यवस्था गरेको छ । तर मुक्तिनाथ विकास बैंकले क्षेत्रीय कार्यालयमा समेत सूचना अधिकारी तोकेको छैन । जिल्ला र शाखामा त परै जाओस् ।

    नागरिकको सूचना पाउने अधिकारलाई सार्वजनिक निकाय त्यसमा पनि बैंक तथा वित्तिय संस्थाहरुले कुण्ठित गर्दै आएका छन् । नागरिकको पैसाबाट चल्ने सार्वजनिक निकाय र संघ संस्थाहरु कानूनको खिलाफमा जाँदा सरोकारवाला नागरिकहरुले सास्ती पाइरहेका छन् ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार