Online Nepal
  • बिहिबार, २० बैशाख २०८१
  • मुक्तिनाथ बैंकका कार्डबाहक ग्राहकले चिरायू अस्पतालमा १०% सम्म छुट पाउने

    मुक्तिनाथ बैंकका कार्डबाहक ग्राहकले चिरायू अस्पतालमा १०% सम्म छुट पाउने

    अनलाइन नेपाल
  • बुधबार, १८ माघ २०७९
  • 567
    SHARES

    काठमाडौं । मुक्तिनाथ विकास बैंकका ग्राहकले चिरायू नेशनल अस्पताल एण्ड मेडिकल संस्थानमा छुट पाउने भएका छन् ।

    बैंकले आफ्ना भिषा डेविट कार्डवाहक ग्राहकहरुलाई थप सेवा दिन काठमाडौंको बसुन्धरामा रहेको चिरायू नेशनल अस्पताल एण्ड मेडिकल संस्थानसँग विभिन्न सेवाहरुमा १० प्रतिशत सम्म छुट प्रदान गर्ने गरी सम्झौता गरेको हो।



    यस सम्झौता पश्चात मुक्तिनाथ विकास बैंकका भिषा डेविट कार्डवाहक ग्राहकहरुले चिरायू नेशनल अस्पतालमा विभिन्न सेवाहरुमा १० प्रतिशत सम्म विशेष छुट पाउन सक्नेछन् ।



    बैंकको यस सहकार्यबाट बैंकका ग्राहकवर्गहरु लाभान्वित हुने र स्वास्थ्य उपचारमा पहुँच पुग्ने विश्वास बैंकले लिएको छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार