Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

सेयर बजार लगातार बढ्दै, कारोबार रकम ५ अर्ब नाघ्यो

काठमाडौं । आइतबारबाट सुधारोन्मुख भएको सेयर बजार साताको चौंथो दिन पनि नेप्से परिसूचक दोहोरो अंकले उकालो लागेको छ । आज नेप्से परिसूचक १६.४२ अंकले बढेर २०३७.०६ विन्दुमा पुगेको छ।

परिसूचक बढिरहँदा कारोबार रकममा पनि दैनिक सुधार आएको हाे । बुधबार सेयर बजारमा पाँच अर्ब १ करोड ७८ लाख रुपैयाँको कारोबार भएको छ जुन पाँच महिना यताकै उच्च कारोबार हो ।

यसअघि २०७९ साल पुस २८ गते नेप्सेमा पाँच अर्ब २९ करोड रुपैयाँको कारोबार भएको थियो । त्यसैगरी आज शिवम सिमेन्टस २८ करोड १७ लाख ८ हजार ८४२ रुपैयाँको कारोबारका साथ शीर्ष स्थानमा रहेको छ ।

आज खप्तड लघुवित्त र सिटी होटलको सेयर झण्डै १० प्रतिशतले बढेको छ । आज १२६ कम्पनीको मूल्य बढ्दा ९१ को घट्यो भने ६ को स्थिर रह्यो।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077