Jun 05 2026 | २०८३, जेठ २२ गते

05 Jun 2026 | शुक्रवार, जेठ २२ गते २०८३

शुक्रवार, जेठ २२ गते २०८३
images
images

बेटिङ कम्पनी ‘वान् एक्स बेट’ मा ७४ करोड बढीको कारोबार, श्रीमान-श्रीमतीसहित ५ जना पक्राउ

काठमाडौं । काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयले बेटिङ अनलाइन साइट वान् एक्स बेटमार्फत सट्टेबाजीको कारोबार संलग्न पाँच जनालाई पक्राउ गरी सार्वजनिक गरेको छ ।

पक्राउ पर्नेमा कैलाली घर भई काठमाडौंको मैजुबहाल बस्ने २९ वर्षीय दिनेश खड्का, उनकी २८ वर्षीया श्रीमती अनिता धिताल, भक्तपुरको मध्यपुर ठिमी-४ बस्ने २७ वर्षीय दिपेश श्रेष्ठ, कञ्चनपुर घर भई बुद्धनगर बस्ने २५ वर्षीय दिनेश चन्द र नुवाकोट घर भई नागर्जुन बिसी क्याप स्किल बस्ने २४ वर्षीय आशिष लामिछाने छन्।

अपराध अनुसन्धान कार्यालयका अनुसार खड्काको खाताबाट ६४ करोड ७७ लाख ८८ हजार ७७१ रुपैयाँ बराबरको कारोबार देखिएको छ। श्रेष्ठको ५ करोड ५४ लाख ६६ हजार, चन्दको ४५ लाख र लामिछानेको २ करोड ९८ लाख ९६ हजार रुपैयाँको कारोबार भएको प्रहरी अनुसन्धानबाट खुलेको छ ।

यस्तै आशिष लामिछानेले ३७ लाख बराबरको नगद कारोबार समेत गरेको प्रहरीले जनाएको छ। उक्त रकम प्रहरीले बरामद गरेको हो।

उनीहरूबाट जम्मा ७४ करोड १३ लाख ५० हजार ७७१ रुपैयाँ बराबरको कारोबार भएको प्रहरीले जनाएको छ । प्रहरीले उनीहरूमाथि थप अनुसन्धान अघि बढाएको छ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077