Online Nepal
  • सोमबार, ७ जेष्ठ २०८१
  • एभरेस्ट बेस क्याम्पमा तबला बजाएर शिवमले बनाए कीर्तिमान

    एभरेस्ट बेस क्याम्पमा तबला बजाएर शिवमले बनाए कीर्तिमान

    अनलाइन नेपाल
  • बुधबार, ३१ जेष्ठ २०८०
  • 594
    SHARES

    काठमाडौं । एक भारतीय किशोरले सगरमाथा आधार शिविर (बेस क्याम्प) मा तबला बजाएर कीर्तिमान बनाएका छन् ।

    भारतको मेरठ जिल्लाका १३ वर्षीय शिवम चौधरीले एभरेस्ट क्षेत्रको ट्रेकिङ गएको बेलामा उक्त कीर्तिमान बनाएका हुन् ।



    गुरुग्रामको पाथवेज स्कुलका विद्यार्थी शिवम आफ्ना परिवारसँगै २८ मेमा ट्रेकिङ गर्न सगरमाथा क्षेत्र पुगेका थिए ।



    सानैदेखि तबला बजाउन सिकेका शिवमले एभरेस्ट क्षेत्रको ट्रेकिङ जाँदा उनले आफ्नो तबला पनि बोकेरै गएका थिए ।

    शिवमका बुबा रोहित चौधरी उक्त उचाइमा कुनै किशोरले तबला बजाएको सम्भवतः यो पहिलो घटना हुन सक्ने बताउँछन् ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार