Online Nepal
  • शुक्रबार, २८ बैशाख २०८१
  • टोकियो ओलम्पिक : कल्पना परियारद्वारा आफ्नै राष्ट्रिय कीर्तिमान भङ्ग

    टोकियो ओलम्पिक : कल्पना परियारद्वारा आफ्नै राष्ट्रिय कीर्तिमान भङ्ग

    अनलाइन नेपाल
  • शनिबार, ९ साउन २०७८
  • 2.1K
    SHARES

    काठमाडौँ । जापानको राजधानी टोकियोमा भइरहेको ३२औँ ग्रीष्मकालीन ओलम्पिक खेलकुदमा नेपाली सुटिङ खेलाडी कल्पना परियारले आफ्नै नाममा रहेको राष्ट्रिय कीर्तिमान भंग गरेकी छिन् ।

    परियारले महिला १० मिटर एयर राइफल स्पर्धाअन्तर्गत केहीबेर अघि भएको खेलमा ६१६ दशमलव ८ अंक बनाउँदै राष्ट्रिय कीर्तिमान तोडेकी हुन् । सो क्रममा उनले पहिलो सिरिजमा १०२ दशमलव २, दोस्रोमा १०५ दशमलव ४, तेस्रोमा १०१ दशमलव ०, चौंथोमा १०४ दशमलव १, पाँचौँमा १०३ दशमलव ४ तथा छैटौं सिरिजमा १०० दशमलव ७ अंक जोडिन् ।



    परियारले यसअघि नेपालमा भएको १३औँ दक्षिण एसियाली खेलकुद (साग) मा ६१४ दशमलव ५ अंक बनाएकी थिइन् । त्यो बेला पनि परियारले महिला १० मिटर एयर राइफलतर्फ राष्ट्रिय कीर्तिमान बनाएकी थिइन् । परियार सागमा चौंथो भएकी थिइन् । उनी टोकियो ओलम्पिकमा छनोट चरणमा ५० खेलाडीमध्ये ४६औँ स्थानमा रहँदै प्रतियोगिताबाट बाहिरिइएकी छिन् ।



    परियारले प्रतिस्पर्धा गरेको समूहबाट आठ खेलाडी फाइनल चरणमा प्रवेश गरेका छन् । नेपाली सेनाको त्रिभुवन आर्मी क्लबकी खेलाडी उनी वाइल्ड कार्ड प्राप्त गर्दै ओलम्पिकमा छनोट भएकी थिइन् । सो समूहमा नर्वेकी खेलाडी ६३२ दशमलव ९ अंकका साथ पहिलो, कोरियन खेलाडी ६३१ दशमलव ७ अंकसहित दोस्रो तथा अमेरिकी खेलाडी ६३१ दशमलव ४ अंकका साथ तेस्रो भए ।

    टोकियो ओलम्पिकमा अब पौडीका गौरिका सिंह र एलेक्स शाह, एथलेटिक्सकी सरस्वती चौधरी तथा जुडोकी सोनिया भट्टले प्रतिस्पर्धा गर्न बाँकी नै छ । सिंहले महिला १०० सय मिटर फ्रि स्टाइल, शाहले पुरुष १०० मिटर फ्रि स्टाइल, भट्टले महिला ४८ किलो तौल समूह तथा चौधरीले महिला १०० मिटर दौडमा प्रतिस्पर्धा गर्नेछन् ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार