Online Nepal
  • आइतबार, १६ बैशाख २०८१
  • टोकियो ओलम्पिकमा भारतलाई पहिलो स्वर्ण, यी खेलाडीको ‘जयजयकार’

    टोकियो ओलम्पिकमा भारतलाई पहिलो स्वर्ण, यी खेलाडीको ‘जयजयकार’

    अनलाइन नेपाल
  • शनिबार, २३ साउन २०७८
  • 1.4K
    SHARES

    एजेन्सी । जापानको टोकियाउमा जारी ओलम्पिकमा भारतले पहिलो स्वर्ण जितेको छ। एथ्लेटिक्सको ज्याभलिन थ्रोमा निरज कुमारले भारतलाई पहिलो स्वर्ण दिलाएका हन्। निरजले ८७.५८ मिटरको प्रदर्शनसहित स्वर्ण पदक जितेका हुन्।

    प्रतियोगिताको स्वर्ण पदक दावेदार मानिएका जर्मनीका जोहानेस भेटरले फाइनलमा समेत स्थान बनाउन नसक्दा निरजको स्वर्ण पदकको सम्भावना बलियो बनेको थियो। चेक रिपब्लिकका दुई खेलाडीले निरजलाई पछ्याएपनि पछि पार्न सकेनन्। चेकका याकुब भाद्लेचले ८६.६७ मिटरसहित रजत र भितेस्ज्लाभ भेसेलीले ८५.४४ मिटरसहित कास्य पदक जिते।



    पाकिस्तानका अर्शद नदीम ८४.६२ मिटरको प्रदर्शनसहित पाँचौ भए। एक समय पदक जित्ने सम्भावना देखाएका उनले पछिल्लो प्रयासमा सुधार गर्न नसक्दा पाँचौ स्थानमा सिमित रहे। अर्शदले नेपालमा भएको १३ औं दक्षिण एसियाली खेलकुदमा ८६.२९ मिटरको कीर्तिमानका साथ ओलम्पिकमा छनोट भएका थिए। उक्त प्रदर्शन दोहोर्याउन सकेको भएपनि उनले कास्य पदक जित्ने थिए।



    यता भारतले भने निरजको स्वर्ण सहित टोकियो ओलम्पिकमा पदक संख्या ७ पुर्याएको छ। भारतले १ स्वर्ण, २ रजत र ४ कास्य जितेको छ। भारोत्तोलनमा मिराबाई चानुले रजत पदक जित्दै भारतको पदकको सिलसिला सुरु भएको थियो। कुस्तीमा रवी दहियाले पनि रजत जितेका थिए।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार