Online Nepal
  • आइतबार, १६ बैशाख २०८१
  • टोकियो ओलम्पिक : अमेरिकाले चीनलाई भेट्नै लाग्यो, यस्तो छ पदक तालिकाको ताजा अवस्था

    टोकियो ओलम्पिक : अमेरिकाले चीनलाई भेट्नै लाग्यो, यस्तो छ पदक तालिकाको ताजा अवस्था

    अनलाइन नेपाल
  • शुक्रबार, २२ साउन २०७८
  • 1.8K
    SHARES

    एजेन्सी । ३२ औँ ग्रीष्मकालीन ओलम्पिक जारी छ। जापानको टोकियोमा भइरहेको ओलम्पिकमा चीनले आफ्नो शीर्षतालाई कायम राखेको छ। ताजा अवस्थामा चीन ७५ पदकसहित शीर्ष स्थानमा छ।

    चीनलाई अमेरिकाले पछ्याइरहेको छ। चीनले हालसम्म ३४ स्वर्ण, २४ रजत र १७ कास्य पदक प्राप्त गरेको छ। अमेरिका दोस्रो तथा जापान तेस्रो स्थानमा रहेका छन्।



    अमेरिकाले ३१ स्वर्ण, ३५ रजत र ३० कास्य पदक प्राप्त गरेको छ भने जापानले २३ स्वर्ण, १० रजत र १५ कास्य प्राप्त गर्न सफल भएको छ। रसियन ओलम्पिक कमिटी पदक तालिकाको चौंथो स्थानमा उक्लिएको छ। उसले १७ स्वर्ण, २३ रजत र २२ कास्य पदक प्राप्त गरेको छ। बेलायत १७ स्वर्ण, १८ रजत र १८ कास्य पदकसहित पाँचौँ स्थानमा छ।



    यसैगरी अस्ट्रेलिया १७ स्वर्ण, छ रजत र २० कास्य पदक प्राप्त गर्दै छैटौँ स्थानमा छ। जर्मनी नौ स्वर्ण, १० रजत र १६ कास्यसहित सातौँ, इटली आठ स्वर्ण, १० रजत र १८ कास्यका साथ आठौँ, फ्रान्स सात स्वर्ण, ११ रजत र नौ कास्य जित्दै नवौँ तथा नेदरल्याण्ड सात स्वर्ण, नौ रजत र ११ कास्यका साथ पदक तालिकाको १०औँ स्थानमा रहेको टोकियो ओलम्पिकको वेभसाइटमा उल्लेख छ। टोकियो ओलम्पिकमा सहभागी २०५ देशमध्ये हालसम्म ८८ देशले पदक प्राप्त गर्न सफल भएका छन्।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार