Online Nepal
  • शनिबार, १५ बैशाख २०८१
  • ओलम्पिक फुटबल : स्वर्णका लागि ब्राजिल र स्पेन भिड्दै

    ओलम्पिक फुटबल : स्वर्णका लागि ब्राजिल र स्पेन भिड्दै

    अनलाइन नेपाल
  • शुक्रबार, २२ साउन २०७८
  • 1.5K
    SHARES

    एजेन्सी । ३२ औं संस्करणको ग्रीष्मकालिन ओलम्पिक (टोकियो ओलम्पिक २०२०) जारी छ। टोकियो ओलम्पिक पुरुषतर्फको स्वर्णपदकका लागि ब्राजिल यु–२३ र स्पेन यु–२३ बीच प्रतिस्पर्धा हुँदैछ।

    उक्त फाइनल खेल नेपाली समयानुसार शनिबार दिउँसो ५ः१५ बजे शुरु हुनेछ। मंगलबार भएको सेमिफाइनल खेलमा मेक्सिको यू–२३ लाई टाइब्रेकरमा ४–१ ले पराजित गर्दै ब्राजिलले फाइनलमा स्थान बनाएको थियो।



    निर्धारित ९० मिनेट र त्यसपछिको ३० मिनेट अतिरिक्त समय पनि गोलरहित बराबरीमा टुंगिएपछि खेल टाइब्रेकरमा पुगेको थियो। ब्राजिलको सबै ४ प्रहार गोलमा परिणत हुँदा मेक्सिकोले भने सुरुवाती दुई प्रहारमा गोल गर्न सकेन।



    त्यस्तै, स्पेनले जापानलाई १–० गोलले पराजित गर्दै फाइनलमा स्थान बनाएको थियो। स्पेन र जापानबीच निकै प्रतिस्पर्धात्मक खेलपनि टाइब्रेकरतर्फ उन्मुख हुँदा एसेन्सियोले गोल गरेका थिए।

    निर्धारित ९० मिनेटको खेल गोलरहित बराबरीमा सकिएपछि खेल अतिरिक्त समयमा धकेलिएको थियो। तर अतिरिक्त समयको ५ मिनेट समय बाँकी हुँदा एसेन्सियोले विजयी गोल गरेका थिए।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार