Online Nepal
  • आइतबार, १६ बैशाख २०८१
  • टोकियो ओलम्पिक : चीनको अग्रता कायमै

    टोकियो ओलम्पिक : चीनको अग्रता कायमै

    अनलाइन नेपाल
  • आइतबार, २४ साउन २०७८
  • 1.3K
    SHARES

    एजेन्सी । जापानको टोकियोमा जारी ओलम्पिकमा चीनले आफ्नो शीर्षतालाई कायम राखेको छ। शनिबारसम्म चीनले ३८ स्वर्ण, ३१ रजत र १८ कास्यगरी ८७ पदक जितेको छ।

    चीनलाई पछ्याइरहेको अमेरिकाले शनिबार ५ स्वर्ण थप्दै चीनमाथि दवाव बढाएको छ। अमेरिकाले ३६ स्वर्ण, ३९ रजत र ३३ कास्यगरी कुल १०८ पदक जितेको छ। आयोजक जापान २७, स्वर्ण १२ रजत र १७ कास्यगरी कुल ५६ पदक जित्दै तेस्रो स्थानमा यथावत रहेको छ।



    रसियन ओलम्पिक कमिटि टोली (आरओसी) २० स्वर्ण, २६ रजत र २३ कास्यसहित ६९ पदक जित्दै शीर्ष चारमा उक्लिएको छ। इंग्ल्यान्ड २० स्वर्ण, २१ रजत र २२ कास्यगरी कुल ६३ पदक जित्दै पाँचौ स्थानमा झरेको छ। १७ स्वर्ण, ७ रजत र २२ कास्यगरी कुल ४६ पदक जितेर अष्ट्रेलिया छैटौ स्थानमा यथावत रहेको छ।



    जर्मनी १० स्वर्ण, ११ रजत र १६ कास्यगरी ३७ पदकसहित सातौ स्थानमा उक्लिएको छ। नेदरल्यान्ड्स १० स्वर्ण, ११ रजत र १२ कास्यगरी ३३ पदक नवौं स्थनमा उक्लदा १० स्वर्ण, १० रजत र १९ कास्यगरी ३९ पदक जित्दै इटाली नवौं स्थानमा झरेको छ। फ्रान्स ९ स्वर्ण, १२ रजत र ११ कास्यसहित ३२ पदक जितेर शीर्ष १० मा अटाएका छन्।

    न्युजिल्यान्ड ७ स्वर्ण, ६ रजत र ७ कास्यगरी २० पदकसहित ११औं स्थानमा रहँदा ब्राजिलले ७ स्वर्ण, ४ रजत र ८ कास्यगरी १९ पदक हात पार्दै १२औं स्थानमा उक्लिएको छ। हंगेरीले ६ स्वर्ण, ७ रजत र ६ कास्यगरी १९ पदक जितेको छ। क्यानडाले ६ स्वर्ण, ६ रजत र ११ कास्य गरी २२ पदक जितेको छ। दक्षिण कोरिया ६ स्वर्ण ४ रजत र ९ कास्यगरी कुल १९ पदकसहित १५औं स्थानमा रहेको छ।

    क्युवाले ६ स्वर्ण, ३ रजत र ५ कास्य गरी १४ पदक जितेको छ। पोल्यान्डले ४ स्वर्ण, ५ रजत र ५ कास्य जितेको छ। चेक रिपब्लिकले ४ स्वर्ण, ४ रजत र ३ कास्यगरी ११ पदक जितेको छ। नर्वेले ४ स्वर्ण, २ रजत र १ कास्य गरी ७ पदक जितेको छ। जमैकाले ४ स्वर्ण, १ रजत र ४ कास्य गरी ९ पदक जितेको छ।

    स्पेन, स्वीडेन, स्वीट्जरल्यान्ड, डेनमार्क, केन्या, क्रोएसिया, इरान, बेल्जियम र स्लोभेनियाले समान ३–३ स्वर्ण जितेका छन्। जर्जिया, चाइनिज ताइपेइ, डेनमार्क, टर्की, सर्विया, बुल्गेरिया, युगान्डा, इक्वेडर, उज्वेकिस्तान, ग्रीस, कतार, बहमास र कोसोभोले समान दुई’दुई स्वर्ण जितेका छन्।

    युक्रेन, बेलारुस, रोमानिया, भेनेजुएला, भारत, हङकङ, फिलिपिन्स, स्लोभाकिया, दक्षिण अफ्रिका, स्लोभाकिया, अष्ट्रिया, इजिप्ट, इन्डोनेसिया, इथियोपिया, पोर्चुगल, ट्युनिसिया, आयरल्यान्ड, इस्टोनिया, फिजि, लात्भिया, थाइल्यान्ड, बर्मुडा, मोरोक्को, प्युरेटो रिकोले समान एक–एक स्वर्ण जितेका छन्।

    टोकियो ओलम्पिकमा २०५ राष्ट्र र शरणार्थी टोलीमध्ये हालसम्म ६५ राष्ट्रले स्वर्ण जित्दा ९३ राष्ट्रले पदक जित्न सफल भएका छन्।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार