Jun 05 2026 | २०८३, जेठ २२ गते

05 Jun 2026 | शुक्रवार, जेठ २२ गते २०८३

शुक्रवार, जेठ २२ गते २०८३
images
images

बागमती प्रदेश सभाकाे बैठक बस्दै

मकवानपुर । बागमती प्रदेश सभाको बैठक आज बस्दै छ । बैठक दिउँसो २ बजे बोलाइएको छ ।

प्रदेश सभा सचिवालयका अनुसार आगामी आर्थिक वर्ष २०८०-०८१ को आर्थिक सर्वेक्षणमाथि छलफल गर्न प्रदेश सभा बैठक आह्वान गरिएको हो ।

आजको बैठकमा प्रदेशको आर्थिक मामिला मन्त्री बहादुरसिंह लामाले आर्थिक वर्ष २०८०-८१ का लागि राजस्व र व्ययको सर्वेक्षण प्रस्ताव टेबुल गर्ने कार्यसूची रहेको छ ।

प्रदेश सभाको बैठक यसअघि गत जेष्ठ १९ गते सरकारको नीति तथा कार्यक्रम पारित भएपछि अर्को सूचना जारी नभएसम्मका लागि स्थगित भएको थियो ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077