Jun 05 2026 | २०८३, जेठ २२ गते

05 Jun 2026 | शुक्रवार, जेठ २२ गते २०८३

शुक्रवार, जेठ २२ गते २०८३
images
images

सट्टेबाजीमा चर्चित कलाकारको प्रयोग : बल्छी ध्रुबेसहित आठ जना पक्राउ

काठमाडौं । अनलाइन बेटिङ एप वान एक्स बेटको विज्ञापन गरेको आरोपमा चर्चित कलाकारहरु नै पक्राउ परेका छन् ।

काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयले वानएक्स बेटमा सट्टेबाजी खेलाउने र यसको विज्ञापन गरेको आरोपमा चर्चित कलाकार 'बल्छी ध्रुबे' नामले चर्चित कलाकार मरिचमान श्रेष्ठ र राजु मास्टर भनेर चिनिने राजु पौडेलसहित आठ जनालाई पक्राउ गरेको स्रोतले जनाएको छ।

प्रहरीले तत्कालका लागि उनीहरूको नाम गोप्य राखेको छ। प्रहरीले उनीहरूलाई म्याद थप गरी सार्वजनिक गर्ने तयारी गरिरहेको छ। पक्राउ परेका कलाकारहरूमाथि युट्युबमार्फत् वानएक्स बेटको विज्ञापन गरेको आरोप छ।

हिजो मात्रै काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयले वानएक्स बेटमा सट्टेबाजी गरेको आरोपमा पाँच जना एजेन्टलाई पक्राउ गरी सार्वजनिक गरेको थियो।

उनीहरुले बिभिन्न बैकका खाता प्रयोग गरी ७४ करोडको कारोबार गरेको प्रहरीको अनुसन्धानबाट खुलेको छ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077