Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

लोडसेडिङ हटाएकोमा कुलमान घिसिङ ईप्पानद्धारा सम्मानित

काठमाडौं । नेपालमा लोडसेडिङ हटाएको र नेपालको ऊर्जा विकासमा अतुलनीय योगदान पुर्‍याएकोमा नेपाल विद्युत् प्राधिकरणका प्रबन्ध निर्देशक कुलमान घिसिङ सम्मानित भएका छन् ।

आज स्वतन्त्र ऊर्जा उत्पादकहरूको संस्था इप्पानको २१ औँ वार्षिक साधारण सभाको अवसर पारेर घिसिङलाई उक्त विशेष सम्मान गरिएको हो ।

उनले १ लाख राशीको सम्मान पाएका छन् । कार्यक्रममा कुलमान उपस्थित नभएकाले सम्मान प्राधिकरणका निर्देशक प्रबल अधिकारीले लिएका हुन् ।

इप्पानका अध्यक्ष कृष्ण आचार्यले नेपालमा ऊर्जा खपत बढाउन र लोडसेडिङ हटाउन घिसिङको ठुलो योगदान रहेको बताए ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077