Jun 08 2026 | २०८३, जेठ २५ गते

08 Jun 2026 | सोमवार, जेठ २५ गते २०८३

सोमवार, जेठ २५ गते २०८३
images
images

कांग्रेस नेता निधि र इजरायली राजदूत खनानबीच भेटवार्ता

काठमाडौं । नेपाली कांग्रेसका नेता विमलेन्द्र निधि र नेपालका लागि इजरायली राजदूत खनान गोदेरबीच भेट भएको छ ।

उनीहरुबीच बिहीबार निधि निवास नयाँबानेश्वरमा शिष्टाचार भेटवार्ता भएको हो । भेटका क्रममा उनीहरूबीच नेपाल-इजरायलबीचको पारस्परिक सम्बन्ध र सहकार्यका विषयमा छलफल भएको हो ।

संसदको अन्तर्राष्ट्रिय सम्बन्ध र पर्यटन समितिका सदस्यसमेत रहेका निधिसँगको भेटमा बहुपक्षीय सम्बन्धलाई थप सुमधुर र सुदृढ बनाउने विषयमा पनि कुराकानी भएको बताईएको छ ।

यसैगरी, नेपालको कृषि क्षेत्रमा इजरायल सरकारले गरेको सहयोगका लागि धन्यवाद दिदैं नेता निधिले दुई देशबीच भएका सम्झौता चाँडै कार्यान्वयन हुने विश्वास व्यक्त गरेका थिए ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077