Jul 22 2026 | २०८३, श्रावण ६ गते

22 Jul 2026 | बुधवार, श्रावण ६ गते २०८३

बुधवार, श्रावण ६ गते २०८३
images
images

राष्ट्र बैंकले भन्यो - विद्युतीय भुक्तानीका उपकरणहरु प्रयोग गर्दा सजगता अपनाउनुस्

काठमाडौं । बैंक तथा वित्तीय संस्थाका ग्राहकलाई विद्युतीय भुक्तानीका उपकरणबाट ठगी धन्दा बढेको भन्दै नेपाल राष्ट्र बैंकले विद्युतीय भुक्तानीका उपकरण प्रयोग गर्दा सजग हुन आग्रह गरेको छ ।

केन्द्रीय बैंकले आज (बिहिबार) एक सूचना जारी गर्दै ठगीबाट जोगिन यस्तो आग्रह गरेको हो ।

अनधिकृत व्यक्तिले ग्राहकको मोबाइल बैंकिङ, इन्टरनेट बैंकिङ, कनेक्ट अईपीएस, मोबाइल वालेट जस्ता विद्युतीय भुक्तानीका साधनको पासवर्ड रिसेट गरी ग्राहकको खातामा आफ्नो पहुँच पुर्‍याइ ग्राहकको खाताबाट विभिन्न बैंक तथा वित्तीय संस्था एवं वालेटहरूमा रकमान्तर गर्ने प्रवृत्ति बढेको पनि जानकारी दिइएको छ ।

बैंकले केही गरी आफ्नो मोबाइल नम्बरमा वान टाइम पासवर्ड (ओटीपी) नम्बर आए त्यो जानकारी आफ्नो सम्बन्धित बै‌क वा राष्ट्र बैंकमा जानकारी गराउन पनि अनुरोध गरिएको छ ।

यस्ता ठगीबाट जोगिनका लागि अपरिचित व्यक्तिले माग गरेको कुनै पनि सूचनाहरु उपलब्ध नगर्न नगराउन राष्ट्र बैंकले आग्रह गरेको छ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077