Jul 22 2026 | २०८३, श्रावण ६ गते

22 Jul 2026 | बुधवार, श्रावण ६ गते २०८३

बुधवार, श्रावण ६ गते २०८३
images
images

सांसद चित्रबहादुर केसीले भने - बजेटमा सीमित नेताहरुले ‘आफ्नो हात जगन्नाथ’ भनेझैँ गरे !

काठमाडौं । राष्ट्रिय जनमोर्चाका सांसद चित्रबहादुर केसीले सांसदहरु कुन मुख लिएर जनता कहाँ जाने भन्दै प्रश्न गरेका छन।

प्रतिनिधि सभाको बैठकमा बोल्दै सांसद केसीले सीमित नेताहरुको गृहजिल्लामा धेरै बजेट विनियोजन गरिएकोमा आलोचना गर्दै यस्तो प्रशन गरेका हुन् ।

सांसद केसीले भने, ‘म पनि एक ज्येष्ठ नागरिक हूँ, वुद्धि छ भने तपाईंहरुले भ्रष्टाचार गर्न, घुस खान छाड्नुस् किनभने घुस खाएको पैसाले तपाईंलाई वृद्ध अवस्थामा केही काम लाग्ने छैन, किनभने तपाईंका छोरानाति यहाँ बस्दै बस्दैनन् ।’

सांसद केसीले ‘जसको हात जगन्नाथ’ भनेझैँ गरिएको टिप्पणी गरे। प्रधानमन्त्रीको गृहजिल्ला गोरखा, पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाको गृहजिल्ला डडेल्धुरा र अर्थमन्त्रीको गृहजिल्ला नुवाकोटमा धेरै बजेट विनियोजन गरिएको भन्दै भौतिक पूर्वाधार क्षेत्रको बजेट कटौतीको माग गरे।

सांसद केसीले आफ्नो जिल्ला र क्षेत्रमा बजेट पार्न मन्त्रीकहाँ जानुपर्ने अवस्था दुखद् भएको बताए। उनले विद्यमान संरचना महिला र ज्येष्ठ नागरिकमैत्री नभएको र यस संरचनाबाट सन्तुलित विकास नहुने दाबी गरे।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077