Jul 22 2026 | २०८३, श्रावण ६ गते

22 Jul 2026 | बुधवार, श्रावण ६ गते २०८३

बुधवार, श्रावण ६ गते २०८३
images
images

काठमाडौंमा फिल्म ‘आदिपुरुष’ चल्न नदिने बालेनको चेतावनी, डाइलग सच्याउन ३ दिने अल्टिमेटम !

काठमाडौं । काठमाडौं महानगरपालिकाका मेयर बालेन शाहले दक्षिण भारतीय फिल्म ‘आदिपुरुष’ महानगरपालिका क्षेत्रका हलमा चल्न नदिने चेतावनी दिएका छन् ।

उनले दक्षिण भारतीय फिल्म ‘आदिपुरुष’मा समावेश एउटा डाइलग नसच्याए महानगरका हलमा फिल्म चल्न नदिने चेतावनी दिएका हुन् ।

‘आदिपुरुष’मा समावेश ‘जानकी भारतकी छोरी हुन्’ भन्ने संवाद नसच्याए फिल्म चल्न नदिने बालेनले बताए ।  उक्त डाइलग नेपालमा मात्र नभइ भारतमा पनि सच्याउनुपर्ने मेयर बालेनको माग छ ।

उनले सामाजिक सञ्जालमा लेखेका छन् ‘दक्षिण भारतीय फिल्म ‘आदिपुरुष’मा समावेश ‘जानकी भारतीय छोरी हुन्’ भन्ने सब्द जबसम्म नेपालमा मात्र नभइ भारतमा पनि सच्चिँदैन तब सम्म काठमाडौ महानगरपालिका भित्र कुनै पनि हिन्दी फिल्म चल्न दिइने छैन। यो सच्याउन ३ दिनको समय दिइएको छ। माता सीताको जय होस् ।’

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077