काठमाडौं । उपप्रधानमन्त्री एवम् गृहमन्त्री नारायणकाजी श्रेष्ठ र बङ्गलादेशका राजदूत सालाउद्दिन नोमन चौधरीबीच शिष्टाचार भेटवार्ता भएको छ ।
उनीहरुबीच बिहीबार गृह मन्त्रालयमा शिष्टाचार भेटवार्ता भएको हो ।
भेटका क्रममा नेपाल र बङ्गलादेशबीचको सौहार्दपूर्ण सम्बन्धलाई विद्युत् प्रसारण लाइन सम्बन्धी सम्झौताले सहकार्य र विकासमा अर्को कोशेढुङ्गा साबित गर्ने उपप्रधानमन्त्री श्रेष्ठले बताए ।
दुई देशबीच व्यापार सम्झौतामा काम भइरहेको आफूले बुझेको उनले सुनाए । राजदूत चौधरीले द्विपक्षीय सौहार्दपूर्ण सम्बन्धमा विद्युत प्रसारण लाइन कोशेढुङ्गा साबित हुने विश्वास व्यक्त गरे ।