Jul 22 2026 | २०८३, श्रावण ६ गते

22 Jul 2026 | बुधवार, श्रावण ६ गते २०८३

बुधवार, श्रावण ६ गते २०८३
images
images

सुरक्षाको कारण देखाउँदै काठमाडौंका हलमा रोकियो 'आदिपुरूष'को बिहानी शो

काठमाडौं । असुरक्षाको कारण देखाउँदै काठमाडौं उपत्यकाका हलले भारतीय चलचित्र ‘आदिपुरुष’ को बिहानी प्रदर्शन रोकेका छन् ।

‘आदिपुरुष’को विवादित डायलग ‘जानकी भारतीय छोरी हुन्’को विषयमा विवाद चर्किएपछि चलचित्र संघको निर्देशनमा काठमाडौं उपत्यकाका सबै फिल्म हलले प्रदर्शन स्थगित गरेका हुन् ।

बिहीबार ‘जानकी भारतीय छोरी’ हुन् भन्ने संवादलाई लिएर विवाद उत्पन्न भएको थियो। काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र साह (बालेन)ले फेसबुक पोष्टमार्फत ‘आदिपुरुष’को विवादित डायलग नेपालमा मात्र नभएर भारतमा प्रदर्शन हुने फिल्ममा पनि परिवर्तन नगरे हिन्दी फिल्म चल्न नदिने भन्दै चेतावनी दिएका थिए ।

चलचित्र संघले मुलुकभरका सबै हललाई विकसित परिस्थिति हेरेर मात्र चलचित्र चलाउन भनेको छ । उक्त चलचित्रको टिकट बिहीबार राति नै सोल्डआउट भइसकेको थियो ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077