Jul 04 2026 | २०८३, आषाढ २० गते

04 Jul 2026 | शनिवार, आषाढ २० गते २०८३

शनिवार, आषाढ २० गते २०८३
images
images

पासपोर्ट लिँदा लाग्ने दस्तुर घट्यो, विभागबाट ६६ पृष्‍ठको राहदानी १२ हजारमा पाइने

काठमाडौं । सरकारले राहदानी (पासपोर्ट) को दस्तुर घटाएको छ । राजपत्रमा सूचना प्रकाशित गर्दै परराष्ट्र मन्त्रालयले राहदानी नियमावली २०७७ को अनुसूची ४ मा संशोधन गरेको हो ।

विभागले अबदेखि सेवाग्राहीले विभागबाट ६६ पृष्ठको राहदानी लिँदा १२ हजार र जिल्लाबाट लिँदा ५ हजार दस्तुर तिर्नुपर्नेगरि मूल्य परिवर्तन गरेको छ ।

विभागले जारी गरेको सूचनामा गत जेठ २४ गते मन्त्रिपरिषदको बैठकले राहदानी नियमावली २०७७ को नियम ३० ले दिएको अधिकार प्रयोग गरिएको उल्लेख छ ।

नयाँ दस्तुर आइतबार देखि लागू हुनेछ । यसअघि ३४ पृष्ठको हकमा १२ हजार रुपैयाँ र ६६ पृष्ठको हकमा २० हजार रुपैयाँ दस्तुर लिने गरिएको थियो । राहदानीको अन्य दस्तुर भने परिवर्तन भएको छैन ।

 

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077