Jun 05 2026 | २०८३, जेठ २२ गते

05 Jun 2026 | शुक्रवार, जेठ २२ गते २०८३

शुक्रवार, जेठ २२ गते २०८३
images
images

प्रभु साहले भने - नेपालमा समाजवादी मोर्चाको कुनै औचित्य छैन

रौतहट। आम जनता पार्टीका अध्यक्ष प्रभु साहले समाजवादी मोर्चाको कुनै औचित्य नै नभएको टिप्पणी गरेका छन् ।

वीरगन्जमा आम विद्यार्थी मोर्चाको अगुवा कार्यकर्तासँगको भेटघाट तथा अन्तरक्रिया कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष साहले यस्तो बताएका हुन् ।

अध्यक्ष साहले लोकतन्त्रको कुरा गर्नुको साटो समाजवादको कुरा गरेर जनतालाई ढाट्ने काम मात्र भइरहेको जिकिर गरे । अध्यक्ष साहले जनतालाई गुमराहमा राख्न कथित समाजवादीको विषय उठाइएको दाबी गरे ।

अध्यक्ष साहले भने, ‘नेपालमा लोकतन्त्र छैन, दलतन्त्र छ । जनताको शासनको लागि दलतन्त्र फाल्ने लक्ष्य लिनुपर्नेमा जनतालाई गुमराह बनाउन कथित समाजवादको विषय उठेको छ । आज लोकतन्त्रको कुरा गर्नुको सट्टा समाजवादको कुरा गर्नु जनतालाई ढाँट्नु बाहेक अरू केही पनि होइन । त्यसैले अहिले समाजवादी मोर्चाको कुनै औचित्य छैन ।’

माओवादी केन्द्र, एकीकृत समाजवादी, जसपा, नेसपा लगायतका दलहरूले समाजवादी मोर्चाको घोषणा गर्दै गर्दा आजपा अध्यक्ष साहले यस्तो टिप्पणी गरेका हुन् ।

जनतालाई शक्तिशाली बनाएर विकास, समृद्धि, सुशासनको प्रत्याभूति गराउन लागिपर्नेमा झुटको खेती गर्नका लागि समाजवादी मोर्चाको हावा फैलाउन लागिएको उनको ठहर छ ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077