Online Nepal
  • आइतबार, २० जेष्ठ २०८१
  • सरकारले प्रस्तुत गरेको बजेट कुनै पनि हालतमा पास हुन दिँदैनौँ : सुवास नेम्वाङ

    सरकारले प्रस्तुत गरेको बजेट कुनै पनि हालतमा पास हुन दिँदैनौँ : सुवास नेम्वाङ

    अनलाइन नेपाल
  • शनिबार, २ असार २०८०
  • 1.3K
    SHARES

    जनकपुर । नेकपा एमालेका उपाध्यक्ष सुवासचन्द्र नेम्वाङले सरकारले ल्याएको बजेट भेदभावपूर्ण रहेको जिकिर गरेका छन् ।

    शनिवार पार्टीको मधेस प्रदेश सभा सदस्यहरूलाई प्रशिक्षण दिन जनकपुर पुगेका उपाध्यक्ष नेम्वाङले यस्तो बताएका हुन् ।



    उपाध्यक्ष नेम्वाङले सरकारले संसद्मा प्रस्तुत गरेको आगामी आर्थिक वर्षको बजेट पास हुन नदिने बताए ।



    उनले सरकारले ल्याएको बजेट भेदभावपूर्ण रहेको जिकिर गर्दै संसद्बाट कुनै पनि हालतमा पास हुन नदिने बताए।

    उपाध्यक्ष नेम्वाङले भौतिक मन्त्रालयबाट ५ अर्बको बजेटमध्ये ५१ प्रतिशत बजेट ४ वटा जिल्लामा र बाँकी ४९ प्रतिशत बजेट ७३ जिल्लामा दिने गरी भेदभावपूर्ण रूपमा गरिएको बजेटको समर्थन गर्न नसकिने बताए ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार