Jun 20 2026 | २०८३, आषाढ ६ गते

20 Jun 2026 | शनिवार, आषाढ ६ गते २०८३

शनिवार, आषाढ ६ गते २०८३
images
images

भ्रष्टाचार अन्त्य गर्नका लागि समाजवादी मोर्चा आवश्यक छ : माधव नेपाल

काठमाडौं । नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले राजनीतिक व्यवस्थालाई संरक्षण गर्न समाजवादी मोर्चा गठन गर्न लागेको बताएका छन्।

पार्टी निकट गोरखा काठमाडौं–सम्पर्क मञ्चको प्रथम जिल्ला अधिवेशनको शुभारम्भ गर्दै अध्यक्ष नेपालले मुलुकमा बलियो कम्युनिष्ट शक्ति निर्माणका लागि मोर्चा गठन गर्न लागेको बताएका हुन्।

अध्यक्ष नेपालले मुलुकमा राजनीतिक स्थिरता कायम गरी जनताको लामो संघर्षबाट प्राप्त भएको अहिलेको संविधानलाई संरक्षण गर्न मोर्चाको आवश्यकता रहेको बताए।

विसं २०४६ को आन्दोलनमा पनि वामपन्थीको मोर्चा बनाएर राजनीतिक परिवर्तनमा उल्लेखनीय भूमिका निर्वाह गरेको बताउँदै उनले देशमा राजनीतिक स्थायित्व र स्थिरता प्रदान गर्न तेस्रो शक्तिका रूपमा मोर्चालाई स्थापित गराइने बताए।

अध्यक्ष नेपालले शोषण, दमन, उत्पीडन, भेदभावविरूद्धका मुद्दामा समाजलाई सही दिशानिर्देश गर्न, कम्युनिष्ट आन्दोलनलाई लोकप्रिय बनाउन निर्माण गरिएको मोर्चा छिट्टै घोषणा हुने जानकारी दिँदै कुनै पनि पार्टीलाई मोर्चामा विलय गराउने उद्देश्य नभएको प्रष्ट पारे।

अहिले मौलाइरहेको भ्रष्टाचारको अन्त्य गर्न राजनीतिमा शुद्धीकरणको खाँचो औँल्याउँदै उनले त्यसका लागि स्वच्छ छवि भएका निष्कलंक व्यक्ति राजनीतिप्रति आकर्षित हुनुपर्नेमा जोड दिए।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077