Jun 05 2026 | २०८३, जेठ २२ गते

05 Jun 2026 | शुक्रवार, जेठ २२ गते २०८३

शुक्रवार, जेठ २२ गते २०८३
images
images

मेयर बालेनलाई क्रान्तिकारीको चेतावनी - राजासँग डराएनौँ, तिमीले ठूलो मूल्य चुकाउनुपर्छ

काठमाडौं । नेकपा माओवादी केन्द्र निकट अखिल क्रान्तिकारीले काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र साह (बालेन)विरुद्ध संघर्षका कार्यक्रम सार्वजनिक गरेको छ ।

आफ्नो संगठनले विभिन्न विद्यालयमा लगाएको ताला बालेन’ले तोडेको भन्दै क्रान्तिकारी बालेनविरुद्ध आन्दोलित भएको हो ।

संगठनका केन्द्रीय सचिव प्रशुन कार्कीले मेयर बालेनले शैक्षिक माफियाहरुसँग साँठगाठ गरेर आफ्नो संगठनसँग द्वन्द्व निम्त्याउन खोजेको आरोप लगाए ।

केही ठूला शैक्षिक संस्थाहरूको कमिसन लिएर मेयर बालेनले प्रहरी लगाएर ताला खोलेको उनको आरोप छ ।

सचिव कार्कीले भने,‘खबरदार बालेन्द्र राजासँग नडराएको क्रान्तिकारी कमजोर छैन तिमीले ठुलो मूल्य चुकाउनु पर्छ ।’

गरिब, जेहेन्दार र अल्पसङ्ख्यकहरूलाई छात्रवृत्ति दिनुपर्छ भन्ने मुद्दा सफल गराएको र सोही अनुसार १० प्रतिशतलाई छात्रवृत्तिको व्यवस्था भएको र त्यस विरुद्ध कोही पनि जानु घातक हुने चेतावनी दिए ।

विगतमा मेयर बालेन पनि अखिल क्रान्तिकारीको सदस्य रहँदा गरिब र किसानका छोराछोरीको पक्षमा वकालत गरेको तर आज चटक्कै भुलेर उनीहरूमाथि नै घात गर्न थालेको कार्कीले आरोप लगाए ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077