Jul 22 2026 | २०८३, श्रावण ६ गते

22 Jul 2026 | बुधवार, श्रावण ६ गते २०८३

बुधवार, श्रावण ६ गते २०८३
images
images

मेयर बालेनको चेतावनीपछि काठमाडौं उपत्यकाका विद्यालय खुला

काठमाडौं । काठमाडौं उपत्यकाभित्रका सामुदायिक विद्यालय निर्वाध रूपमा सुचारु भएका छन् ।

नेपाल विद्यालय कर्मचारी परिषद्ले अनिश्चितकालका लागि विद्यालय बन्दको घोषणा गरेको थियो । तर, काठमाडौं महानगरपालिकाभित्रका सामुदायिक विद्यालय भने निर्वाध रूपमा खुलेका हुन् ।

सेवा सुरक्षा ग्यारेन्टी लगायतका विभिन्न माग राख्दै विद्यालय कर्मचारीहरूले आजदेखि सामुदायिक विद्यालय बन्द आह्वान गरेका छन् । नेपाल विद्यालय कर्मचारी परिषद्ले अनिश्चितकालका लागि विद्यालय बन्दको घोषणा गरेको थियो ।

लगत्तै काठमाडौं महानगरपालिका मेयर बालेन्द्र साह (बालेन)ले सामुदायिक विद्यालयका पठनपाठन बन्द भए शिक्षक तथा कर्मचारीलाई पदबाट हटाउने र फौजदारी मुद्दा लगाउने चेतावनी दिएका थिए ।

[insert page='227273' display='yopanipadhnuhos.php']

मेयर बालेनको चेतावनीपछि महानगरभित्रका सामुदायिक विद्यालय खुलेका हुन् ।  नियमित कक्षा सञ्चालन गर्न बाधा पुर्‍याउने कुनै संस्था वा कर्मचारीहरूलाई पदबाट हटाइने, कुनै संस्थाले बल प्रयोग गरी बन्द गरेको खण्डमा नेपाल प्रहरीसँग समन्वय गरी नियन्त्रणमा लिन लगाई फौजदारी मुद्दा चलाउन पहल गरिने चेतावनी मेयर बालेनले दिएका थिए ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077