Online Nepal
  • शुक्रबार, ४ जेष्ठ २०८१
  • जिम्बाबेविरुद्ध आसिफ शेखको अर्धशतक पूरा

    जिम्बाबेविरुद्ध आसिफ शेखको अर्धशतक पूरा

    अनलाइन नेपाल
  • आइतबार, ३ असार २०८०
  • 747
    SHARES

    काठमाडौं। आईसीसी एकदिवसीय विश्वकप छनोट प्रतियोगिताको जिम्बाबेविरुद्धको आफ्नो पहिलो खेलमा आसिफ शेखले अर्धसतक बनाएका छन् ।

    नेपाललका लागि उनले कुशल भुर्तेलसँगको साझेदारिमा ५० रन बनाएका हुन् ।



    आसिफले २८औं ओभरको पाँचौ बलमा टेन्डाई चटारालाई चौका प्रहार गर्दै आफ्नो अर्धशतक पूरा गरेका हुन् ।



    उनले ८२ बलमा ५ चौका मद्दतमा ५१ रन बनाए । एक दिवसीय क्रिकेटमा यो उनको नवौं अर्धशतक हो ।

    कुशल र आसिफले एकदिवसीय अन्तर्राष्ट्रियमा कीर्तिमानी साझेदारी गरिसकेका छन्। कुशल र आसिफले यसअघिको एक सय ३९ रनको कीर्तिमान तोडेका हुन्।

    राष्ट्रिय टिमका पूर्वकप्तान ज्ञानेन्द्र मल्ल र आसिफ शेखले एकदिवसीय अन्तर्राष्ट्रियमा कीर्तिमानी राखेका थिए। आईसीसी विश्वकप क्रिकेट लिग २ को त्रिदेशीय एकदिवसीय शृंखलाअन्तर्गत नामिबियाविरुद्धको खेलमा आसिफ र ज्ञानेन्द्रले दोस्रो विकेटका लागि पनि सर्वाधिक साझेदारीको कीर्तिमान बनाएका थिए।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार